Thursday, August 13, 2026
Homeप्रमुख समाचारउदयपुरमा धारिलो हतियार प्रहारबाट एक जनाको मृत्यु

उदयपुरमा धारिलो हतियार प्रहारबाट एक जनाको मृत्यु

उदयपुर २०८३ बैशाख ७ गते सोमबार । उदयपुरको चौदण्डीगढी नगरपालिका–७, सिता पाईला टोलमा धारिलो हतियार प्रहारबाट एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार साँझ करिब ८ः१५ बजे सोही स्थानका ७३ वर्षीय रामप्रसाद राईले छिमेकी ६४ वर्षीय माहाशेर राईमाथि विवादका क्रममा आवेगमा धारिलो हतियार प्रहार गरेका थिए । प्रहारबाट माहाशेर राईको छातीको दाहिने माथिल्लो भागमा गम्भीर चोट लागेको थियो। घाइतेलाई उपचारका लागि नगर अस्पताल बेल्टार लगिँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । चौदण्डीगढी नगरपालिका ७ बिपि चोक देखी बिरेन्द्रबजार जाने सडक खण्ड अन्तर्गत बेलबोट होटल नजिक रहेका दुई छिमेकी बीच भएको आपसी विवादपछि रामप्रसादले छुरी प्रहार गरेको प्रहरीले जनाएको छ । घटनामा संलग्न रामप्रसाद राईलाई इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular