Thursday, August 13, 2026
Homeप्रमुख समाचारउदयपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

उदयपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

उदयपुर, २०८२ चैत्र ३० गते सोमबार — उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ९ राजाबासस्थित मदन भण्डारी लोकमार्गमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। आज बिहान करिब ९ः३० बजे झिल्केटोलबाट राजाबासतर्फ जाँदै गरेको स १० प ४७१७ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा ५ ख ६१७ नम्बरको टिपरले ठक्कर दिँदा चालक गम्भीर घाइते भएका थिए। दुर्घटनामा त्रियुगा नगरपालिका–९ डाडाटोल निवासी ३५ वर्षीय हरी दनुवार गम्भीर घाइते भई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएको थियो। उनलाई बिहान ९ः५० बजे अस्पताल पु¥याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए। प्रत्यक्षदशीका अनुसार अर्को मोटरसाईकललाई साईड दिने क्रममा अनियन्त्रित भई विपरित दिशाबाट आउँदै गरेको टिपर मुनि छिर्न पुगेपछि दुर्घटना भएका हो । घटनालगत्तै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी निरीक्षक विपेश कुमार देवको कमाण्डमा टोली खटिएर उद्धार तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। टिपर चालक त्रियुगा नगरपालिका–७ होक्से निवासी २८ वर्षीय आशिष माझीलाई नियन्त्रणमा लिइएको छ भने दुर्घटनामा संलग्न दुवै सवारी साधन प्रहरी नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

 

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular