Thursday, August 13, 2026
Homeकोशी प्रदेशउदयपुरको मतदान केन्द्रमा सर्ट गन पड्कियो,मतपेटिकामा क्षति

उदयपुरको मतदान केन्द्रमा सर्ट गन पड्कियो,मतपेटिकामा क्षति

उदयपुर  उदयपुरमा निर्वाचन सुरक्षाका लागि खटिएका प्रहरीले बोकेको सर्ट गन पड्किँदा मतपेटिकामा सामान्य क्षति पुगेको छ । कटारी नगरपालिका–३ स्थित तरकारी तथा फलफूल केन्द्र तावाखोला (ख) मतदान केन्द्रमा मतदान शुरू भएको केही मिनेटमै सर्ट गन पड्किएको हो । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार प्रहरीले बोकेको सर्ट गनको गोली पड्किएको हो । उनका अनुसार कुनै पनि मानवीय क्षति भएको छैन । मत पेटिकामा भने सामान्य क्षति पुगेको छ । गोली पड्किएर क्षति पुगेको मतपेटिका फेरेर मतदानलाई सुचारु राखिएको छ । मतदानमा अन्य कुनै अवरोध नभएको प्रहरीले जनाएको छ अहिले मतदान भैरहेको छ ।

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular