एन–प्याब्सन उदयपुरको नेतृत्वमा गङ्गा बहादुर राउत सर्वसम्मत चयन

0
2

उदयपुर, माघ २४ ।  नेशनल प्याब्सन उदयपुरको नेतृत्वमा गङ्गा बहादुर राउत सर्वसम्मत रूपमा चयन हुनुभएको छ । शनिबार उदयपुरको चौदण्डीगढी नगरपालिका–१०, खैरा झोडास्थित त्रियुगा पब्लिक इङ्ग्लिस बोर्डिङ स्कुलमा सम्पन्न सङ्गठनको सातौँ जिल्ला अधिवेशनले राउतको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नेशनल प्याब्सनका केन्द्रीय सह–कोषाध्यक्ष सुमन चौधरीका अनुसार अध्यक्षमा गङ्गा बहादुर राउत, उपाध्यक्षमा केदार कुमार दनुवार, सचिवमा डी.एन. चौधरी, कोषाध्यक्षमा सुनिल चौधरी, सह–सचिवमा कविता कार्की चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा क्रमशः नागेश्वर प्रसाद चौधरी, कृष्ण राउत, महेश पोखरेल र मनोहरी न्यौपाने चयन भएका छन् ।
नव–निर्वाचित अध्यक्ष राउतले सङ्गठनको हकहित तथा निजी विद्यालयहरूको गुणस्तर अभिवृद्धिका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । निजी विद्यालयहरूको छाता सङ्गठनका रूपमा रहेको एन–प्याब्सन उदयपुरमा हाल २४ भन्दा बढी विद्यालयहरू आबद्ध रहेका छन् ।