रेडियो उदयपुर माघ २२ । प्रेस चौतारी नेपालको २८ औँ वार्षिकोत्सवको अवसरमा उदयपुर जिल्ला अस्पताल गाईघाटमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरिएको छ । स्थापना दिवस प्रेस चौतारी नेपालको उदयपुर शाखाले अस्पतालमा उपचारत विरामीहरुलाई फलफूल वितरण गरेर मनाएको हो । फलफूल वितरण कार्यक्रममा जिल्ला अस्पताल उदयपुरका विभिन्न कक्षमा उपचाररत ४० जना बिरामीहरूलाई फलफूल वितरण गरिएको प्रेस चौतारी नेपाल उदयपुरका अध्यक्ष अन्जनीकुमार अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पतालमा उपचाररत बिरामी तथा सुत्केरी महिलाहरूको स्वास्थ्य अवस्था सुधार र पोषणमा सहयोग पु¥याउने उद्देश्यले फलफूल वितरण गरिएको हो। फलफूल वितरण कार्यक्रममा जिल्ला अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. मुकेश झा तथा अस्पतालका नर्सिङ टोलीले समन्वय गरेका थिए । फलफूल वितरण कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा उदयपुर इन्चार्ज मन्जुकुमारी चौधरी ,एमाले उदयपुरका सचिव टेकबहादुर राउत, उपसचिव गंगा राई, प्रेस चौतारी नेपाल केन्द्रीय सदस्य तथा कोशी प्रदेश सह–संयोजक तुलसी कोइराला, प्रेस चौतारीका केन्द्रीय सदस्य तथा उदयपुर इन्चार्ज गणेश उप्रेती, पूर्व जिल्ला अध्यक्ष तथा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भारत खड्का, पूर्व अध्यक्ष पुरुषोत्तम सापकोटा लगायत प्रेस चौतारी जिल्ला कार्यसमितिका सदस्यहरूको उपस्थिति रहेको थियो।





