रेडियो उदयपुर,माघ ४ गते । उदयपुरगढी गाउँपालिका –७ अधेँरीमा आइतबार दिउँसो करिब ३ः२० बजे ट्रक दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । बाग्मती प्रदेश ००१ ख ०५०५ नम्बरको ट्रक दुर्घटना हुँदा दुईजनाको ज्यान गएको हो । कटारीबाट गाईघाटतर्फ सामान बोकेर आउने क्रममा मदन भण्डारी राजमार्ग अन्तर्गत उदयपुरगढी गाउँपालिका –७ अधेँरीमा ट्रक आफैं अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल अधेरी खोलामा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी एवम् प्रहरी नायव उपरिक्षक केदारमान दोङले जानकारी दिनुभएको छ । उहाका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका ट्रक चालक र सह–चालकलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर ल्याउने क्रममा मृत्यु भइसकेको अस्पतालले दिउँसो ४ः५० बजे जानकारी दिएको छ । हालसम्म मृतक चालक तथा सह–चालकको सनाखत हुन सकेको छैन । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय उदयपुर तथा अस्थायी प्रहरी पोष्ट संगमचोकबाट प्रहरी टोली खटिएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





