रेडियो उदयपुर,माघ ४ गते । उदयपुरको उदयपुरगढी गाउँपालिका –७ अधेँरीमा आइतबार मालबाहक ट्रक दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । बाग्मती प्रदेश ००१ ख ०५०५ नम्बरको मालबाहक ट्रक दुर्घटना हुँदा दुईजनाको ज्यान गएको हो । दुर्घटनाग्रस्त ट्रकले किचेर दुईजनाको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यलय उदयपुरको अनुसार नारायणघाटदेखि सामान बोकेर गाइघाटतर्फ आउने क्रममा मदन भण्डारी राजमार्ग अन्तर्गत उदयपुरगढी गाउँपालिका –७ अधेँरीमा ट्रक दुर्घटना भएको हो । घटनास्थलमा नेपाल प्रहरी, ट्राफिक र स्थानीय उद्धारमा खटिरहेको र विस्तृत जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी एवम् प्रहरी नायव उपरिक्षक केदारमान दोङले जानकारी दिनुभएको छ ।





