उदयपुरको त्रियुगामा पाँचौ माघी महोत्सव सम्पन्न

0
22

डिएन चौधरी ,उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा पाँचौ माघी महोत्सव सम्पन्न भएको छ । थारु समुदायले नयाँ बर्षको रुपमा मनाउदै आएको माघी पर्व (तिला संन्क्राईत )को अवसरमा थारु कल्याणकारणि सभा उदयपुरको आयोजनामा सास्कृतिक महोत्सव बिहिवार सम्पन्न भएको छ । त्रियुगा,लुहाले र बरुवा खोलाको सङ्गम स्थल ऐतिहासिक रुपमा लगाउदै आएको त्रिवेणि मेलामा सास्कृतिक नृत्य प्रतियोगिता सहित कार्यक्रम संचालन भएको थियो । आयोजकका अनुसार प्रतियोगितामा जनजागरण युवा समूह त्रि.न.पा १२/१३ प्रथम स्थान हासिल गरेका छन् । यस्तै दोश्रो निहारिका थारु र तृतीय अर्चना कृतन मण्डलि चौदन्डिगढी ९ हुन सफल भएका छन् । बिजेताहरुले क्रमशः पाँच हजार,तीन हजार र दुई हजार साथै प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै प्रतियोगितामा सहभागी १० वटा समुहलाई नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो । थारु कल्याणकारणि सभा उदयपुरका उपसभापति तथा त्रियुगा नगरपालिकाका पुर्व उपमेयर देबि चौधरीको सभा अध्यक्षतामा सन्चालन भएको कार्यक्रममा त्रियुगा नगरपालिकाका मेयर वसन्त कुमार बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो भने विशेष अतिथी त्रियुगाका पुर्व मेयर बलदेव चौधरीको रहेको थियो । था.क.सका जिल्ला सचिव एवम सन्चार्कर्मी भास्कर चौधरीले कार्यक्रम सन्चालन गरेका थिए ।