रेडियो उदयपुर – उदयपुरको बेलका नगरपालिका –४ स्थित सिसुवाखोलाको पूलमुनी दुईसाता अघि बेवारिसे अबस्थामा फेला परेको महिलाको शवको अझै पहिचान खुल्न सकेको छैन । गत मङ्सिर १३ गते महिलाको लास फेला परेको भन्ने जानकारी पश्चात ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीटोलीले पोस्टमार्टमको लागि जिल्ला अस्पतालमा ल्याएको थियो । हालसम्म पहिचान नखुलेपछि पोष्टमार्टम विनै शब अस्पतालको शबगृहमा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक केदारमान दोङले जानकारी दिनु भयो । ५५ वर्षका महिला कालो वर्ण, कालो लामो कपाल भएको मधेसी मुलको जस्तो देखिने, अगाडिको दुईवटा दाँत नभएको, उचाई ४ फिट १० ईन्च भएको पहेलोमा रातो हरियो पानको बुट्टा भएको मेक्सी र रातो बुट्टेदार चोलो लगाएको हुलिया रहेको र उनी विगतमा मागि खाई हिड्ने भन्ने समेत बुझिएको प्रहरीले जनाएको छ ।





