रेडियो उदयपुर, कात्तिक २८ गते शुक्रबार । नेपाल पत्रकार महासंघको (लैगिक समानता र सामाजिक समावेशिता पुरस्कार १०८१ GESI Champion Media) सामुदायिक रेडियो उदयपुर १०२.४ मेगाहर्जलाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ, केन्द्रीय समिति, काठमाडौँले लैङ्गिक समानता र सामाजिक समावेशिताका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको मूल्यांकन गर्दै रेडियो उदयपुरलाई यो सम्मान प्रदान गरेको हो । रेडियो उदयपुरले विशेषगरी महिला सहभागिता, समुदायमा सकारात्मक परिवर्तन, लैङ्गिक तथा सामाजिक समावेशीकरण, महिला शिक्षा, महिलामाथि हिंसा, गुणस्तरीय सेवा प्रवद्र्धन, पत्रकार सुरक्षाजस्ता मुद्दामा निरन्तर कार्यक्रम र सुचना मार्फत प्रभावकारी भूमिका खेल्दै आएको छ । यसैगरी, रेडियोले महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति र सीमान्तकृत समुदायका आवाजलाई प्राथमिकता दिंदै सामाजिक न्याय र समावेशी समाज निर्माणमा महत्वपूर्ण योगदान दिएकोे छ। संस्थागत रूपमा सञ्चालित समावेशी कार्यक्रम, GESI–मैत्री कार्यशैली र समुदायमा परिवर्तन ल्याउने अभियानका कारण रेडियो उदयपुरलाई उच्च मूल्याङ्कन सहित नेपाल पत्रकार महासंघ केन्द्रले यो अवार्ड प्रदान गरेको हो ।





