५३ जना थारु र दनुवार महिलाको कथा समेटिएको ‘प्रेरणा’ पुस्तक सार्वजनिक

0
180

रेडियो उदयपुर,२०८२ असोज ३१ गते शुक्रबार ।  महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरले थारु र दनुवार महिलाहरूको संघर्ष र सशक्तिकरणका कथा समेटिएको पुस्तक ‘प्रेरणा’ सार्वजनिक गरेको छ। उक्त पुस्तकको सार्बजनिक केन्द्रका अध्यक्ष ज्योति दनुवार, संस्थापक अध्यक्ष डा. रेणु अधिकारी र कोशी प्रदेशका उपसभामुख माननीय सिर्जना दनुवारले संयुक्त रूपमा गर्नुभएको थियो ।
कार्यक्रममा महिला सशक्तिकरण स्रोत केन्द्रका कार्यकारी निर्देशक तथा प्रेरण पुस्तकका सम्पादक बन्दना दनुवारले महिलाहरु को काम र योगदान लाई दृशय बनाउन र दस्ताबेजिकरण गर्न यो किताब को परिकलपना गरिएको बताउँदै, यसमा ५३ जना थारु र दनुवार महिलाहरूको संघर्ष, उपलब्धि र सशक्तिकरणका यात्रालाई दस्तावेजीकरण गरिएको जानकारी दिनुभयो । त्यस्तै उहाले यस पुस्तकमा सामाजिक,राजनैतिक,आर्थिक क्षेत्रमा योग्दान पुर्याइरहेका महिलाहरुको जीवन सङ्हर्स पनि समेटिएको बताउनु भयो ।
कोशी प्रदेशका उपसभामुख माननीय सिर्जना दनुवारले यस पुस्तकमा आफ्नो जीवनकथा सहित ५३ महिलाको जीवनकथा महिलाको संघर्ष, भोगाइ र सफलताको प्रतिरूप भएको बताउँदै, “संघर्ष विना कसैको जीवन सफल हुँदैन, मान्छेको भोगाइ नै उसको वास्तविक जीवन कथा हो,” भन्ने मन्तव्य राख्नुभयो।
संस्थापक अध्यक्ष डा. रेणु अधिकारीले “हाम्रो कथा धेरैका लागि प्रेरणा बन्ने बताउनु भयो । तर हाम्रो कथा त्यहीँ अड्किनु हुँदैन, किनभने जीवन खोला जस्तै हो — निरन्तर बग्दै अन्ततः समुद्र बन्न पुग्छ” त्यस्तै महिलाहरूको आन्दोलन पनि निरन्तर जोडिँदै विशाल बन्न आवश्यक रहेको बताउनुभयो। उहाँले समाजमा भइरहेको परिवर्तनलाई नजिकबाट बुझ्न आवश्यक रहेको बताउनु भयो ।त्यसैगरि हामीले आफ्नो सोच परिवर्तन गर्न आवश्यक रहेको र आफु पनि त्यही सोच परिवर्तन गर्ने सपना बोकेर सामाजिक रूपान्तरणका लागि काम गरिरहेको बताउनु भयो ।
ओरेक नेपालकी अध्यक्ष सबिता पोखरेलले ‘प्रेरणा’ पुस्तकमा समावेश महिलाहरूका कथा आगामी पुस्ताका लागि अध्ययन र प्रेरणाको स्रोत बन्ने बताउँदै, यस्ता दस्तावेजहरूले महिला आन्दोलनलाई बलियो बनाउन सहयोग पु¥याउने र यसलाई निरन्तरता दिन आवश्यक रहेको धारणा राख्नुभयो।
पूर्व उप–मेयर देवी चौधरीले यस पुस्तकमा आफ्नो जीवनकथा पनि समावेश भएको उल्लेख गर्दै ‘प्रेरणा’ले थारु महिलाहरूको जीवन, संघर्ष र चेतनाको प्रतिनिधित्व गरेको बताउनुभयो।
कार्यक्रममा महिला अधिकारकर्मी, गैरसरकारी संस्था प्रतिनिधि, जनप्रतिनिधि, सञ्चारकर्मी र स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।