रेडियो उदयपुर, २०८२ असोज २७ गते, सोमबार । उदयपुरको त्रियुगा नगरपालिका–२ मोथिहाईस्थित कच्ची भीत्री सडक खण्डमा ट्याक्टरको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार सोमबार बिहान ८ः२० बजे म.प्र. ०१–००१ त २५६४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा ७९ वर्षीया तेत्रि देवी चौधरीको मृत्यु भएको हो । घटनापछि उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल उदयपुर पु¥याइएको थियो। तर अस्पतालका चिकित्सकले बिहान ८ः४० बजे मृत घोषणा गरेका हुन्। ट्याक्टर चालक २४ वर्षीय धर्मेन्द्र राजधामी ठक्कर दिएपछि फरार रहेको र उनको खोजीकार्य भैरहेकोे प्रहरीले जनाएको छ। त्यसैगरी, ट्याक्टरका साहु ४० वर्षीय रामनिवास राजधामीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको छ ।