साहिखोला आ.विद्यालयद्धारा सेवा निवृत्त प्रधानाध्यापक कटुवाललाई सम्मान सहित विदाई

0
3

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर ८ मा रहेको श्री खाटमन्दिर आधारभुत विधालय साहिखोलाले सोमबार सेवाबाट निवृत्त भएका प्रधानाध्यापक गोविन्द बहादुर कटुवाललाई औपचारिक रुपमा सम्मान सहित बिदाई गरिएको छ । सोमवार विधालयमा एक कार्यक्रमको आयोजना गरि कटुवालाई औपचारिक रुपमा बिदाई गरिएको विधालयका प्रधानाध्यापक सरिता खड्काले बताईन् ।

सेवा निवृत्त प्रधानाध्यापक गोविन्द कटुवाल बि.स. २०४६ बैशाख ११ गते देखि २०८० असोज १४ गते सम्म प्रधानाध्यापक तथा अन्य जिम्मेवारीमा रहि सेवामा थिए । शिक्षण पेसा संगै समाजिक कार्यको पनि उच्च मुल्यांकन गर्दै उहालाई सम्मान गरिएको विधालय व्यवस्थापन समितीका अध्यक्ष रन बहादुर विबवकर्माले बताए ।

बिधालयमा कार्यरत शिक्षक,व्यवस्थापन समितीका पदाअधिकारी ,अभिभावक र स्थानियले सेवा निवृत्त प्रधानाध्यापक कटुवाललाई फुलमाला सहित घर सम्म पु¥याएका थिए ।