उदयपुर । नेपालीहरुको महान चाड वडा दशैको रौनक यतिवेला घर दैलोमा छाएको छ । नयाँ लुगा किन्ने, घरमा सर सामान जोड्ने, दशैकै लागि भनेर खसि बोका किनेर ल्याउने एक किसिमको होड बाजीनै चलेको छ भन्दा फरक नपर्ला तर घरको आर्थिक अवस्था कमजोर भएका बिपन्न परिवारलाई यो चाडबाड नआइदिए नि हुने भन्ने लाग्छ । ऋणको जोहो गरेर चाडपर्व मनाउने बाध्यता छ । बिहान बेलुकाको एक छाक जोहो गर्ननै गाह्रो छ ।
यस्तै बेला यस्तो एउटा परिवार छ जसले आफनो वडा भरिका अति विपन्न,अशक्त र आर्थिक अवस्था कमजोर भएका ५२ जना घर परिवारलाई नेपालीहरुको महान चाड बडा दशैको अवसरमा दशै मनाउन केहि सहयोग पुगोस भन्ने उद्धेश्यले केहि रकम सहित खाधान्न सहयोग गरेका छन् । त्रियुगा नगरपालिका वडा नम्वर ८ साहिखोला निवासी रत्न बहादुर कार्कीको परिवारले दशै मनाउन सहयोग गरेका छन् ।
सोमवार कार्कीका परिवारले त्रियुगा नगरपालिका ८ स्थित साहिखोला आधारभुत बिधालयमा एक कार्यक्रमको आयोजना गरि वडा भरिका ५२ जना घर परिवारलाई दशैको लागि खाधान्न र केहि रकम सहयोग गरेको हो । खाधान्नमा एक बोरा चामल,नुन,तेल,मरमसला र प्रति घर एक हजारका दरले बितरण गरेको हो ।
कार्की परिवारका श्रिमती कृष्ण माया कार्की,छोरा लिल बहादुर (नवराज कार्की) बुहारी रिता कार्की,नातिनीहरु,सुजा कार्की र पुजा कार्कीले सामुहिक रुपमा वितरण गरेको हो । यस्तै सो परिवारले साहिखोला आधारभुत विधालयमा अध्ययनरत १ सय १८ जना बालवालिकाहरुलाई जुता सहित स्कुल डे«स वितरण गरेको छ ।
नेपाली काङग्रेस त्रियुगा नगरपालिका वडा नम्वर ८ वडा कार्य समितीको सहजिकरणमा खाधान्न र स्कुल डे«स वितरण गरेको थियो ।