उदयपुरमा खोलाले बगाउँदा एक पुरुषको मृत्यु

0
16

रेडियो उदयपुर, २०८२ असोज ६ गते, शोमबार । उदयपुरमा खोलाले बगाउदा एक जनाको मृत्यु भएको छ । उदयपुरको उदयपुरगढी गाउँपालिकाको बैजनाथ खेलाले बगाउँदा एक जना पूरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा उदयपुरगढी–६ धपर बस्ने ४० बर्षीय तोप बहादुर सार्की रहेको जिल्ला प्रहरी कार्यालय उदयपुयरले जनाएको छ । प्रहरीका अनुसार आईतबार साझँ ५ बजेको समयमा नेपालटार बजारबाट घर जादै गरेका सार्कीलाई बैजनाथ खोला तर्ने क्रममा खोलाले बगाएको थियो । खोलाले बगाएको स्थानबाट करिब ५ सय मिटर तल सार्कीको शव फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे स्थानीयले जानकारी गराएपछि प्रहरी टोली खटिई आवश्यक कानूनी प्रक्रिया पूरा गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुयरले जनाएको छ ।