Wednesday, July 22, 2026
Homeप्रमुख समाचारउदयपुरमा सवारी दुर्घटनामा एक जनाको मृत्यु

उदयपुरमा सवारी दुर्घटनामा एक जनाको मृत्यु

रेडियो उदयपुर, २०८२ साउन २४ गते, शनिबार । उदयपुरको त्रियुगा नगरपालिका–६ कुमारीचोकस्थित सडकमा सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार शुक्रबार दिउँसो करिब २ः२५ बजे देउरीबाट मुर्कुचीतर्फ जाँदै गरेको स.५ प.७० नम्बरको स्कुटरबाट पछाडि सवार महिला खस्दा दुर्घटना भएको हो। स्कुटर चालक सिराहा जिल्ला, सुखीपुर नगरपालिका–८ बस्ने ६८ वर्षीय जगन्नाथ साह सुडीका पत्नी ५८ वर्षीया गंगिया देवी साह सुडी दुर्घटनामा घाइते भएकी थिइन्। उनी घाइते अवस्थामा जिल्ला अस्पताल उदयपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराट शिक्षण अस्पताल, विराटनगर पठाइएको तर, सोही दिन साँझ ४ः५७ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular