रेडियो उदयपुर, जेठ ३१ गते, शनिबार । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ शनिबारे बजारमा सुनको सिक्री चोरी गरी भाग्दै भाग्दै गरेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार बिहान करिब ९ः४५ बजे दुई जना स्थानीय महिलाले घाँटीमा लगाएको अन्दाजी १२ आना र १० आना तौल भएका दुईवटा सुनको सिक्री बलजफ्ती झिकेर भाग्ने क्रममा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको हो ।
घटनापछि प्रहरी चौकी बसाहाबाट खटिएको टोलीले तत्कालै पछ्याउँदै भागिरहेको अवस्थाबाट एक जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । पक्राउ पर्ने युवक पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–२० निवासी १९ वर्षीय सचिन राजपुत रहेका छन् ।
हाल उनलाई ईलाका प्रहरी कार्यालय बेल्टारमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।