Monday, August 17, 2026
Homeसमाचारओरेक उदयपुरमा ढाका बुनाइ प्रशिक्षकको माग

ओरेक उदयपुरमा ढाका बुनाइ प्रशिक्षकको माग

२०८२ जेठ २३ उदयपुर, महिला पुनस्र्थापना केन्द्र (ओरेक) ले कोशी प्रदेश अन्तर्गत उदयपुर जिल्लामा ढाका बुनाइ प्रशिक्षक पदका लागि दरखास्त आव्हान गरेको छ । महिला अधिकार, लैंगिक समानता, दिगो जीविकोपार्जन र समग्र मानव अधिकारका क्षेत्रमा विगत ३४ वर्षदेखि क्रियाशील ओरेकले, महिलाहरूको सिप विकास र व्यावसायिक दक्षता अभिवृद्धिका लागि यो पद आवश्यक भएको जनाएको हो ।
संस्थाका अनुसार ढाका बुनाइ प्रशिक्षकको प्रमुख जिम्मेवारीहरू ,ढाका बुनाइसम्बन्धी तालिम प्रभावकारी रूपमा सञ्चालन गर्ने ,तालिम पाठ्यक्रम र तालिका तयार पार्ने तथा आवश्यकता अनुसार परिमार्जन गर्ने ,सहभागीहरूलाई ढाका बनाउने सम्पूर्ण प्रक्रिया — डिजाइन, धागो तयारी, र बुनाइ प्रविधिमा दक्ष गराउने ,तालिमको क्रममा प्रयोग हुने सामग्री व्यवस्थापनमा सहजीकरण गर्ने ,साप्ताहिक कार्य प्रतिवेदन तयार गरी सम्बन्धित सुपरभाइजरलाई बुझाउने ,प्रशिक्षार्थीहरूलाई आवश्यक जानकारी दिने र समन्वय गरी बैठक तथा छलफलको वातावरण सिर्जना गर्ने , साथै संस्थाले तोकेको अन्य जिम्मेवारीहरू पनि आवश्यकतानुसार पूरा गर्ने हुनु पर्ने छ । उक्त पदका लागि आवेदन दिन इच्छुक व्यक्तिमा कम्तीमा एस.ई.ई. उत्तीर्ण योग्यता हुनु पर्नेछ। ढाका बुनाइमा कम्तीमा २ वर्षको प्रत्यक्ष अनुभव आवश्यक रहेको र तालिम सञ्चालन वा समूह व्यवस्थापनको अनुभव भएकालाई प्राथमिकता दिइने छ।
दरखास्त दिने अन्तिम मिति २०८२ साल जेठ ३१ गतेसम्म रहेको छ। इच्छुक उम्मेदवारहरूले महिला पुनस्र्थापना केन्द्र, ओरेकको त्रियुगा नगरपालिका–९, राजावासस्थित कार्यालयमा व्यक्तिगत रूपमा उपस्थित भई दरखास्त दिन सक्नेछन् ।
थप जानकारीका लागि सरिता मगरलाई ९८६२२२०१८० वा कार्यालय नम्बर ९८५२८३२५०४ मा सम्पर्क गर्न सकिने ओरेकले जनाएको छ ।

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular