Sunday, August 9, 2026
Homeप्रमुख समाचारमहिला पुनस्र्थापना केन्द्र (ओरेक) उदयपुरको ३४औँ स्थापना दिवस

महिला पुनस्र्थापना केन्द्र (ओरेक) उदयपुरको ३४औँ स्थापना दिवस

उदयपुर, चैत्र २५ । महिला पुनस्र्थापना केन्द्र (ओरेक) उदयपुरले आफ्नो ३४ औँ स्थापना दिवस सोमबार विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ ।
त्रियुगा नगरपालिका वडा नं. ९ राजावास स्थित संस्थाको कार्यालय परिसरमा आयोजित कार्यक्रममा त्रियुगा नगरपालिकाका उप–मेयर महेश्वरी राईको प्रमुख अतिथिमा स्थापना दिवस मनाएको हो । उपमेयर राईले पानसमा दियो बाली कार्यक्रमको उद्घाटन गर्दै महिला हिंसा विरुद्धको अभियानमा ओरेकले पु¥याएको योगदान अतुलनीय रहेको बताउनु भयो । स्थानीय सरकारले पनि महिला सशक्तिकरणका लागि विभिन्न कार्यक्रमहरू संचालन गरिरहेको छ र नगरपालिका यस्ता संस्थाहरूसँग हातेमालो गरेर अगाडि बढ्न तयार रहेको बताउनु भयो ।
महिला पुनस्र्थापना केन्द्र ओरेक उदयपुरका जिल्ला संयोजक बाला कार्कीले २०४७ साल चैत्र १९ गते स्थापित ओरेक उदयपुर महिला अधिकारप्रति समर्पित एक गैरसरकारी संस्था रहेको बताउनु भयो । उहाका अनुसार संस्थाले स्थापना कालदेखि नै सामाजिक न्याय र महिला अधिकार स्थापनाका लागि अभियान सञ्चालन गर्दै आएको छ ।
‘शिक्षा, स्वास्थ्य, पोषण लगायत अन्य क्षेत्रमा महिला र बालबालिकामाथि हुने भेदभाव, मानव बेचबिखन, ओसारपसार तथा महिलाहरूको आधारभूत मानव अधिकारको हननको अन्त्य गर्नका लागि महिलाहरूको विशिष्ट अधिकार सुनिश्चित गर्नुपर्दछ भन्ने मान्यता यस संस्थाको रहेको उहाले बताउनु भयो । कार्यक्रममा संस्थाले विगत वर्षभरि गरेका कार्यक्रमहरूको प्रगति विवरण प्रस्तुत गरेको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेल, जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी हरिहरनाथ योगी, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरू, स्थानीय समाजसेवी, पत्रकार लगायतको उल्लेख्य उपस्थिति रहेको थियो।

 

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular