फोनिज उदयपुरको नेतृत्वमा रन्जु दनुवार निर्वाचित

0
12

उदयपुर । जनजाति पत्रकारहरुको छाता संगठन फोनिज उदयपुरको नेतृत्वमा रन्जु दनुवार निर्वाचित हुनुभएको छ । शनिबार बहेडुवामा सम्पन्न पाँचौ जिल्ला अधिवेशनबाट चुनावी प्रक्रियामार्फत दनुवार नेतृत्वमा आउनु भएको हो ।

त्यस्तै उपाध्यक्षमा मनोज श्रेष्ठ, सचिव विक्रम राई, सहसचिव बिजय राई र कोषाध्यक्ष आकास बलम्पाकी मगर चयन भएका छन् । जिल्ला समिति सदस्यमा अरुना तामाङ, भावना राइ, नयनराज राई, हिरा राई, प्रबिन राइ, सरक्षक राई र चेवाङ राई चयन भएका छन् ।
यसैगरी केन्द्रिय पार्सदहरुमा शंकर रिखाम मगर, टेकराज रिखाम, जयन्ती तामाङ, इस्वर बलम्पाकी, भास्कर चौधरी, यमुना आलेमगर, बिन्द्र राई, सन्जिब चौधरी, उर्मिला दनुवार चयन भएका छन् । प्रदेस पार्सदमा देवराज राई, सिंह राई, तोसल राई, सन्तोस्कला तामाङ, अमित तामाङ, सन्चार किराती, रमिला दनुवार, जयराम पुर्वाछाने, निसान ताम्राकार, अरुण कोइमी राई चयन भएको निर्वाचन समितिले जनाएको छ ।
अन्तिम समयसम्म सर्वसहमत नेतृत्व चयन गर्ने अभ्यास भएपनि सहमति जुट्न नसकेपछि अध्यक्ष पदका लागि रन्जुसँगै प्रतिद्धन्दी बुद्धि चाम्लीङले उम्मेदवारी दिएका थिए । चुनावी अन्तिम मतपरिणाम अनुसार विजयी दनुवारको २२ मत खसेको थियो भने चाम्लीङको १७ मत खसेको थियो । दनुवार बिगत लामो समय देखि सामुदायिक रेडियो उदयपुरमा कार्यरत हुनुहुन्छ ।