शक्ति समूहकी संस्थापक सुनिता दनुवारको निधन

0
19

उदयपुर ।  मानव बेचबिखन विरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन भएको छ । आज बिहान उनी जोरपाटीस्थित निवासमा सुतेकै स्थानमा मृत फेला परेको पारिवारिक स्रोतले बतायो ।

राति खाना खाएर सुतेकी दनुवार विहान ५ बजे ओछ्यानमै मृत अवस्थामा भेटिएकी हु्न् । श्रीमानका अनुसार विहान ५ बजे आफू उठेर पसल जानुअघि सुनितालाई उठाउन खोज्दा नबोलेपछि शरीर छाम्दा चिसो भइसकेको र अस्पताल पुर्‍याउँदा मृत घोषणा गरेको बताए ।सुनिताका श्रीमान र एक छोरी छन् ।

सुनिता मानव बेचबिखनबाट प्रभावित महिलाहरुको अगुवाइमा स्थापित शक्ति समूहकी संस्थापक अध्यक्ष हुन् ।

उनलाई अमेरिकाको फर्च्युन म्यागेजिनले विश्वका ५० विशेष नेतृत्वकर्ता (नेता)को सूचीमा राखेको थियो । दनुवारलाई अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा ‘टिप हिरो’ को रूपमा सम्मान समेत गरेको थियो ।