उदयपुरमा मतदान सम्पन्न, आजै मत गणना गरिने

0
26

उदयपुर । स्थानीय तह उपनिर्वाचन अन्तर्गत आज उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर १२ र बेलका नगरपालिका ९ मा मतदान सम्पन्न भएको छ ।

बिहान ७ः०० बजे सुरु भएको मतदान साँझ ५ः००) बजेसम्म शान्त बातावारणमा निर्वाचन सम्पन्न भएको उदयपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

उदयपुरकोे त्रियुगा नगरपालिका– १२ मा कुल ३ हजार ८४७ मतदाता रहेकोमा २५ सय २७ मत (६५.६९ प्रतिशत) खसेको छ । जसमा महिला १४ सय २ र पुरुष ११ सय २५ जनाले मतदान गरेका छन् भने बेलका नगरपालिका –९ मा कुल ३ हजार १३६ मतदाता रहेकोमा १८ सय ८५ (६०.६३ प्रतिशत) मत खसेको छ । जसमा महिला १ हजार ८ सय ८५ जना र पुरुष ८ सय ८० जनाले मतदान गरेका छन् ।

उपनिर्वाचन सम्पन्न भएसँगै अहिले केहीबेर पश्चात् सर्वदलीय बैठक बसी आजै मत गणनाको कार्य सुरु गरिने जिल्लास्थित निर्वाचन कार्यालयले जनाएको छ ।