सामुदायिक रेडियोमा लैङ्गिक निती निमार्ण बिषयक प्रदेश स्तरीय कार्यशाला समपन्न

0
20

उदयपुर । सामुदायिक रेडियोमा लैङ्गिक निती निमार्ण बिषयक कोशि प्रदेश स्तरीय कार्यशाला समपन्न भएको छ । सोमवार महिला सशक्तिकरण स्रोत केन्द्र र सामुदायिक रेडियो उदयपुरको आयोजनामा कोशि प्रदेश भरिमा सामुदायिक रेडियाका व्यवस्थापक,स्टेशन म्यानेजर र रेडियोका प्रतिनिधीहरुरको सहभागितामा बिराटनगरमा कार्यशाला सम्पन्न भएको हो ।

सामुदायिक रेडियोहरुमा लैङ्गिक मैत्रि व्यवस्थापन र कार्यन्वयन हुन आवश्यक रहेको भन्दै सामुदायिक रेडियो उदयपुरले कोशि प्रदेश भरिका सामुदायिक रेडियोहरुको भेला गराई कार्यशाला गर्दै आइरहेको महिला सशक्तिकरण स्रोत केन्द्र रेडियो उदयपुरका कार्यकारी निर्देशक बन्दना दनुवारले बताउनुभयो ।

कार्यक्रममा सहभागी रेडियोहरुले भोग्दै आइरहेको बर्तमान समस्या र चुनैतीहरुको बारेमा अनुभव साटासाट गरेका थिए । विभिन्न कालखण्डमा सामुदायिक रेडियोहरुले खेलेको भुमिका र राज्यलाई गरेको योगदान नेपाल सरकारको कुनै पनि निकायले अपनत्व नगर्दा पछिल्लो समय सामुदायिक रेडियोहरुको अवस्था खस्कदै गएको सहभागीहरुले बताएका छन् ।

कार्यक्रमको सहजिकरण कार्यकारी निर्देशक एवम् अकोरावका महासचिव बन्दना दनुवार र अधिबक्ता शोभा बर्जगाईले गर्नुभएको थियो ।

कार्यक्रममा लैङ्गिक समानता,अपाङ्गता तथा समाजिक समावेशीकरण नीति निमार्णमा सामुदायिक रेडियोले के गर्न सकिन्छ भन्ने बिषयमा छलफल गरिएको थियो ।

अकोराबको समन्वयमा बिराटनगरमा सम्पन्न कार्यक्रममा प्रदेश भरिका २२ वटा रेडियाका प्रतिनिधीहरुको सहभागि रहेको थियो ।