उदयपुर । लैङ्गिकता र पैरवी बिषयमा २ दिने तालिम शुरु भएको छ । आइतवार लैङ्गिकता र पैरवी बिषयमा २ दिने तालिम तरंगिनी फाउन्डेसन र ओरेक नेपालको आयोजनामा तालिम सुरु भएको हो ।
महिला अधिकारका मुद्धालाई समुदाय स्तरदेखी सुदृढ र दिगो बनाउने उद्धेश्यले तालिमको आयोजना गरिएको ओरेक उदयपुरका संयोजक बाला कार्कीले बताउनुभयो । उहाँले समुदाय देखि जिल्लाको अवस्था पहिचान गरि नितिगत तहमा पैरवी गर्नका लागी सहजीकरण गर्ने मुख्य उद्धेश्य रहेको बताउनुभयो ।
त्रियुगा नगरपालिका वडा नम्वर ९ ओरेक आधारमा संचालन भएको तालिममा १७ जना महिला,युवा तथा किशोरीहरुको सहभागीता रहेको छ ।