Tuesday, July 21, 2026
Homeप्रमुख समाचारदुई दिने कोप्रो लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न

दुई दिने कोप्रो लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न

उदयपुर । दुई दिने कोप्रो लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरको आयोजना र फिमीको सहयोगमा संचालित उक्त तालिम बिहिवार सम्पन्न भएको हो ।

आदिवासी जनजाती दनुवार युवा महिलाहरुको नेतृत्व विकास क्षमता अभिबृद्धि गरि परम्परातग रुपमा रहेको मौलिक ज्ञान,शिप,कलालाई पुस्ता हस्तान्तरमा मद्धत पुग्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरका कार्यकारी निर्देशक बन्दना दनुवारले बताउनुभयो । उहाँले दनुवार युवा महिला संजालका २० जना किशोरीहरुलाई कोप्रो लेखन सम्वन्धी प्रशिक्षण कार्यक्रममा सहभागी गराईएको बताउनुभयो । युवा महिला तथा किशोरीहरुको नेतृत्व विकासमा सहजिकरण गर्दै आइरहेको संस्थाले फिमीको सहयोगमा जनजाती युवा महिलाहरुको सवालमा समेत काम गरिरहेको बताउनुभयो ।

कोशी प्रदेश सभाका उप सभामुख माननिय सृजना दनुवारको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । उहाँले आदिवासी जनजातीको कला संस्कृतिहरु लोप हुदै गईरहेकोले संरक्षण,सम्र्बद्धन गर्न आवश्यक रहेको बताउनुभयो । विकास,समृद्धि र परिवर्तनको कुराहरु गरि रहदा आफनो परम्परागत कला,सस्कृति भने हामीले बिर्सदै गइरहेका हुन्छौ । आफनौ मौलिक कला ज्ञानलाई संरक्षण गर्न हाम्रो दायित्व रहको बताउनुभयो ।

कोप्रो दनुवार जातिको प्रमुख पहिचान हो । कोप्रो बिवाह गर्दा बेहुलाको घर तर्फ भित्रि कोठामा सजाईने कलात्मक चित्रद्धरा बर्णन गरिएको मन्दिर हो । कोप्रोमा पूर्खा या पृत्रीहरु आएर बस्ने मान्यता छन् । दनुवार जाति प्रकृतिक पुजक रहेकोले कोप्रोमा १६ वटा कोठा बनाएर भित्री भागमा प्रकृतिले दिएको घाम,जुन,तारा,रुख,चराचुरुङ्गी,फुल,पुतली आदि राखिन्छ ।

यस्तै समापन कार्यक्रम त्रियुगा नगरपालिका वडा नम्वर ९ का वडा अध्यक्ष राजकुमार दनुवारले लोप हुदै गइरहेको सस्कृतिलाई संरक्षण गर्दै व्यवहारमा प्रयोग गर्न अनुरोध गर्नुभयो । उहाँले मौलिक कला सस्कृतिहरुलाई पुस्ता हस्तान्तरण गर्न आवश्यक रहेको बताउनुभयो ।

दुई दिन सम्म संचालन भएको कोप्रो लेखन प्रशिक्षण कार्यक्रमको सहजिकरण चित्रकार गोपाल दनुवारले गर्नुभएको थियो ।त्रियुगा नगरपालिका वडा नम्वर ८ बैरेनीमा रहेको दनुवार सामुदायिक भवनमा कार्यक्रम सम्पन्न भएको थियो ।

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular