उदयपुर । एक महिने व्याडमिन्टन प्रशिक्षण सम्पन्न भएको छ । महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरको आयोजना र फिमीको सहयोगमा संचालित एक महिने व्याडमिन्टन प्रशिक्षण शनिवार सम्पन्न भएको हो ।
आदीवासी जनजाती युवा महिलाहरुलाई खेलकुदको माध्यमवाट व्यक्तिगत र नेतृत्व विकासमा मद्धत पुग्ने उद्धेश्यले व्याडमिन्टन खेल प्रशिक्षणको आयोजना गरिएको थियो ।
महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरले खेल क्षेत्रमा रुची भएका युवा महिलाहरुलाई खेलको माध्यमवाट स्थापित गर्न यस खेलले मद्धत पुग्ने विश्वास लिएको सस्थाको कार्यकारी निर्देशक बन्दना दनुवारले बताउनुभयो । उहाँले जिल्लामा छिटै महिला व्याडमिन्टन प्रतियोगिताको आयोजना समेत गर्ने तयारीमा रहेको बताउनुभयो ।
उहाँले त्रियुगा नगरपालिका भित्रको दनुवार र थारु युवा महिला संजालका २० जना किशोरीहरुलाई एक महिने बन्द प्रशिक्षण गराइएको बताउनुभयो । यो छोटो समयको प्रशिक्षण वाट पनी केहि युवा महिलाहरु खेलाडीको रुपमा स्थापित हुने सम्भावना आफुले बढी पाएको प्रशिक्षक रमेश राईले बताउनुभयो ।
यस्तै समापन कार्यक्रममा उपस्थिीत जिल्ला व्याडमिन्टन संघ उदयपुरका अध्यक्ष किसन राईले अव हुने विभिन्न चरणको खेलहरुमा युवा महिलाहरुलाई समेत विशेष प्राथमिकताका साथ खेलमा सहभागी गराउन पहल गर्ने बताउनुभयो ।
एक महिना बन्द प्रशिक्षण पश्चात सहभागीहरुलाई आन्तरीक प्रतियोगिता समेत गराइएको थियो । जसमा पुजा चौधरी प्रथम,प्रेम शिला चौधरी दोस्रो,निमिशा चौधरी र रमिला दनुवार तेस्रो भएका थिए ।
जिल्ला खेलकुद विकास समिती बोक्से उदयपुरमा रहेको कर्वड हलमा एक महिना सम्म प्रशक्षिण गराइएको थियो ।