उदयपुरमा ६ महिनाको अवधिमा ४२१ मानव उल्लघन तथा ज्यादतीका घटना 

0
87

उदयपुर । उदयपुरमा ६ महिनाको अवधिमा ४२१ मानव उल्लघन तथा ज्यादतीका घटना अभिलेख भएको तथ्यांक सार्वजनिक गरेको छ । मानव अधिकार क्षेत्रमा कार्यरत गैर सरकारी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) उदयपुरले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन अर्ध बार्षिक समिक्षा छलफल कार्यक्रममा आफु संग भएको घटनाको अभिलेख सार्वजनकि गरेको हो ।

संस्थाले सन् २०२४ जनवरी १ देखी १० जुलाई २०२४ सम्मको घटनाहरुलाई अभिलेख गरेको हो । जसमा बालिका बलात्कार तथा बलात्कार प्रयासको ४३ वटा,महिला बलात्कार तथा बलात्कार प्रयास १० वटा,घरेलु हिंसा ३५१ वटा,हत्या तथा हत्या प्रयास ९ वटा,कुटपिट ४ वटा,बहुविवाह ४ रहेको छ । ४२१ वटा घटना मध्ये ३५१ वटा घटना घरेलु हिंसाको मात्रै रहेको छ ।

५३ वटा बलात्कारको घटना मध्ये ४३ वटा बालिका बलात्कारको घटना रहेको छ । यो अवधिमा ४ बर्षिया बालिका देखि ५६ बर्षिया महिला सम्म बलात्कारबाट पिडित बनेका छन् ।

शुक्रवार सम्पन्न अर्ध बार्षिक समिक्षा कार्यक्रममा ईन्सेक जिल्ला प्रतिनिधी राकेश नेपालीले उक्त तथ्यांक प्रस्तुत गरेका हुन । स्थानिय तह अनुसार सवैभन्दा धेरै त्रियुगा नगरपालिकामा १५५ वटा,चौदन्डिगढी नगरपालिकामा ८७ वटा,कटारी नगरपालिकामा ८२ वटा,बेलका नगरपालिकामा ६६ वटा,उदयपुरगढी गाउँपालिकामा ३० वटा,रौतामाई गाउँपालिकामा २२ वटा,ताप्ली गाउँपालिकामा ९ र लिम्चुङबुङ गाउँपालिकामा १२ वटा घटनाको अभिलेख रहेको प्रतिनिधी नेपालीले बताए ।

यस्तै कार्यक्रममा सहभागीहरुले जिल्लामा अझै मानव उल्लघंन तथा ज्यादतीका घटनाहरु रहेको तर ईन्सेकको प्रतिवेदनमा समावेश नरहेकोले खोजि निती गरि समावेश गर्न आग्रह गरेका छन् । यस्तै ईन्सेकले घटना अभिलेख मात्र नगरि पिडित भएको व्यक्तिहरुलाई न्यायमा पहुचको लागि समेत पहल गर्नु पर्ने बताएका छन् ।