Tuesday, July 21, 2026
Homeप्रमुख समाचारबेहड्वा थारु होम स्टेद्धरा उदयपुरका ५ जना सम्मानित 

बेहड्वा थारु होम स्टेद्धरा उदयपुरका ५ जना सम्मानित 

उदयपुर । बेहड्वा थारु सामुदायिक होम स्टेद्धरा समानित हुने ५ जनालाई सम्मान पत्र प्रदान गरिएको छ । फागुन २५ गते महाशिव रात्रिको अवसर पारेर बयलगडी सफारी सुभारम्भ कार्यक्रममा घोषणा गरिएको उदयपुरका ५ जनालाई सोमवार होली पर्वको अवसर पारेर होम स्टेले एक कार्यक्रमको आयोजना गरि सम्मान पत्रले सम्मान गरेको हो ।

फागुन २५ गते कोशी प्रदेश सरकारका कृषि,उधोग तथा सहकारी मन्त्रि माननिय रामकुमार खत्रीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको वयलगडी सुभारम्भ कार्यक्रममा सम्मानित हुनेहरुलाई दोसला ओढाएर सम्मान गरिएको थियो भने सम्मान पत्र दिन बाकी रहेको थियो ।

होम स्टेले बिभिन्न बिधा र माध्यमबाट जिल्लाको गरिमा उच्च बनाउन योगदान पु¥याएको भन्दै उदयपुरका पाँच जना सम्मानित गरिएको होम स्टेका अध्यक्ष भगवान सिहं थारुले बताए ।

जसमा मिस थारु नेपाल २०२१ की बिजेता लिभा थारु ,नरेश–सूर्या क्लासिक नेपाल २०२३ का फिजिक्स गोल्ड मेडलिस्ट बडिबिल्डर समूह उपबिजेता दिलिपकुमार चौधरी ,पर्यटन खेलकुद व्यवसायी जितेन्द्र रोइला , नेशनल जुनियर च्याम्पियन साईकलिङ निमा शेर्पा र अभिनेता तथा निर्देशक प्रदिप कुमार चौधरीलाई सम्मान पत्रले सम्मान गरिएको हो ।

साथै उक्त कार्यक्रममै गाईघाट निवासी समाजसेवी लक्ष्मि चौधरी ,रिऋीकेश चौधरी र छोरी लिभा थारुको तर्फ वाट होम स्टेमा सास्कृतिक भवन निमार्णको लागी नगद १० हजार ५ रुपैया बरावरको रकम सहयोग समेत गरेका छन् ।बेह्डवा थारु सामुदायिक होम स्टे दशको ३ उत्कृष्ट होम स्टे मध्ये एक उत्कृष्ट होम स्टे हो ।

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular