उदयपुरमा कोशी प्रदेश स्तरीय होम स्टे सम्मेलन शुरु

0
209

उदयपुर । कोशी प्रदेश स्तरीय होम स्टे(घरवास) सम्मेलन सुरु भएको छ । कोशी प्रदेश सरकार पर्यटन,वन तथा बातावरण मन्त्रालय बिराटनगरको आयोजनामा दुई दिन संचालन हुने प्रदेश स्तरीय होम स्टे सम्मेलन मंगलवार(आज)
देखी सुरु भएको हो ।

“ग्रामिण पर्यटन प्रवद्र्धन,प्रदेश स्तरीय होम स्टे सम्मेलन” भन्ने मुल नाराका साथ उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर ८ मा रहेको दनुवार सामुदायिक भवनमा सम्मेलन सुरु भएको हो ।
कोशी प्रदेश सरकारका पर्यटन,वन तथा वातावरण मन्त्रालयका मन्त्रि माननिय गणेश प्रसाद उप्रेतीले सम्मेलनको उद्धघाटन गर्नुभएको हो ।

उद्धघाटन गर्नुहुदै उहाँले होम स्टेले सेवा मात्र नदिई ग्रामिण महिलाहरुको आर्थिक सशक्तिकरणको एक माध्यम पनी भएको बताउनुभयो । कोशि प्रदेशमा रहेको निजि तथा सामुदायिक होम स्टे संचालकहरुको तथ्यांकले त्यो कुरा पुष्टि भएको बताउनुभयो ।तर कतिपय स्थानहरुमा कानुनी ज्ञान तथा व्यवसायिक शिप नहुदा अफठ्याराहरु पर्दै गएको र यसको समाधानको लागी मन्त्रालयले कानुन संसोधन तथा निमर्ण र पर्यटन सम्वन्धीका योजनाहरु अघि सारेको बताउनुभयो ।

उद्धघाटन समारोहमा कोशी प्रदेश सरकारका खानेपानी,सिचाई तथा उर्जा मन्त्रि मा.नारायण बुर्जा मगर ,कोशी प्रदेश सभाका उप सभामुख सृजना दनुवार ,उदयपुर क्षेत्र न १ (क)का कोशी प्रदेश सभा सदस्य मा. राजन किराती,कोशी प्रदेश सभा सदस्य मा. गिता रेग्मी,कोशी प्रदेश सभा सदस्य मा.सम्झना तामाङ जिल्ला प्रशासन कार्यलय उदयपुरका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे,त्रियुगा नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष राजकुमार राउत ,होम स्टे महासंघ केन्द्रिय अध्यक्ष प्रेम शंकर मर्दनिय थारु,होम स्टे महासंघ केन्द्रिय उपाअध्यक्ष एकराज घिमिरे लगाएत कोशी प्रदेशका १४ वटा जिल्लाका होम स्टे संचालक तथा प्रतिनिधीहरुको उपस्थिीती रहेको छ ।

दुई दिन सम्म संचालन हुने सम्मेलनमा होम स्टे स्टल निरिक्षण, होम स्टे र ग्रामिण पर्यटन बिषयमा कार्यपत्र प्रस्तुत,प्यानल डिस्कसन,प्रतिबद्धता पत्र घोषणा तथा सम्मान कार्यक्रम तथा थारु र दनुवार होम स्टेका स्थनयिक कला सँस्कृति झल्किने साँस्कृतिक नृत्यहरु प्रस्तुत हुने जनाएको छ ।

पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेको अध्यक्ष्ता रहेको कार्यक्रममा पर्यटन कार्यलय धरान,पर्यटन कार्यलय काकरभिटा,त्रियुगा नगरपालिका र होम स्टे महा संघ कोशी प्रदेशको समन्यव रहेको छ ।