बैकुण्ठ उषा पत्रकारिता पुरस्कारद्धरा रेडियो उदयपुरका उर्मिला दनुवार सम्मानित 

0
189

उदयपुर । बैकुण्ठ उषा पत्रकारिता पुरस्कारद्धरा सामुदायिक रेडियो उदयपुरका उर्मिला दनुवार सम्मानित हुनुभएको छ ।
हरेक बर्ष प्रेस चौतारी नेपाल उदयपुर शाखाले वितरण गर्दै आएको बैकुण्ठ उषा पत्रकारिता पुरस्कार यस बर्ष रेडियो उदयपुरका सहायक स्टेश्न म्यानेजर दनुवारलाई प्रदान गरिएको हो ।

प्रेस चौतारी नेपालको २६औं स्थापना दिवसका अवसरमा एक औपचारिक कार्यक्रमको आयोजना गरि विगत लामो समय देखी पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकार÷संचारकर्मी उर्मिला दनुवारलाई नगद १० हजार ५१ रुपैया राशी सहित पुरस्कार वितरण गरिएको हो ।

संगठनले अग्रजको सम्मान र क्रियाशील पत्रकारहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले अघिल्लो बर्ष स्थापनासँगै पुरस्कृत गरी सुरुवात गरिएको बैकुण्ठ–उषा पत्रकारिता पुरस्कार यस वर्ष पनि प्रदान गर्ने निणर्य गरेको थियो ।

संगठनको मुलमर्मलाई आत्मसाथ गर्दै बैकुण्ठ–उषा पत्रकारिता पुरस्कार संचालन कार्यविधि अनुसार संगठनका जिल्ला अध्यक्ष पुरुषोत्तम सापकोटा संयोजक, दाता परिवारका तर्फबाट बैकुण्ठ नाथ दाहाल, बिज्ञ सदस्यहरु भरत खड्का र रेणु पराजुली सदस्य रहेको पुरस्कार छनौट समिति गठन गरिएको थियो । उक्त समितिको विभिन्न चरणका बैठक, छलफल, मापदण्डलाई आधारमानी स्थानीय क्रियाशील पत्रकार रेडियो उदयपुरका समाचार संयोजक उर्मिला दनुवारलाई पुरस्कृत गर्ने निणर्य गरेको थियो ।

पुरस्कृत हुने पत्रकार दनुवार विगत १५ बर्ष देखि रेडियो पत्रकारिता गर्दै आउनु भएको छ । वहाँले सम्वाददाता, समाचार तथा कार्यक्रम संयोजक हुँदै सहायक स्टेशन मेनेजरको भुमिका निर्वाह गरिसक्नु भएको छ । पत्रकारितामा स्नातक उत्तिर्ण गर्नु भएका दनुवार जिल्लामा कृयाशील पत्रकारको रुपमा परिचित हुनुहुन्छ ।