उदयपुरको बेहड्वामा चौथो सास्कृतिक माघी महोत्सव सम्पन्न 

0
229

उदउयपुर । उदयपुरको बेहड्वामा चौथो सास्कृतिक माघी महोत्सव सम्पन्न भएको माघ २ गते मंगलवार बृहत सास्कृतिक कार्यक्रम सहित चौथो माघी महोत्सव सम्पन्न भएको छ ।

संघर्षशिल युवा समुह त्रिनपा १३ बेहड्वाको आयोजना र मलिथम थारु सेवा समाज उदयपुरको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।

सास्कृतिक नृत्य प्रतियोगितामा थारु समुदायको पौराणिक र आधुनिक गरी २ वटा विधा राखिएको थियो । पौराणिक तर्फ हनुमाण आराधाना मण्डली प्रथम र निल हिरा समाज दोस्रो भएका थिए । यस्तै आधुनिक तर्फ जलजले युवा समुह प्रथम,सृजनशिल युवा क्लव देउरी दोस्रो र त्रिनपा १२ सोापुरका कृति शर्मा तेस्रो भएका थिए ।

यस्तै सान्त्वना क्रमशः कालिक कर्णधार युवा समुह चौदन्डिगढी,जनजागरण युवा समुह लक्ष्मिपुर र चन्द्रमाया युवा समुह रुपनी भएका थिए । प्रथम,द्धितिय,तृतिय र सान्त्वना हुनेलाई क्रमशः १० हजार ५ रुपैया,५ हजार ५ रुपैया,२ हजार ५ सय ५ रुपैया र १ हजार ५ रुपैया साथै प्रमाण पत्र प्रदान गरिएको थियो ।

महोत्सवको उद्धघाटन कार्यक्रममा प्रमुख अतिथी त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त कुमार बस्नेतले गर्नुभएको थियो । महोत्सवमा थारु कलाकार तथा गायकहरुले आफना प्रस्तुति दिएका थिए ।