महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुर (WERC) १७ औँ स्थापना दिवस मनाउदै

0
151

उदयपुर । महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुर (WERC) स्थापना भएको १७ बर्षमा पुगेको छ । आफनो १७ औँ स्थापनाको दिवसको अवसरमा संस्थाले विविध कार्यक्रम गरि मनाउदैछ ।

स्थापना दिवसको अवसरमा संस्थाले स्थापनाकाल देखी अहिले सम्मको कार्यसमिती ,गैसस महासंघ,स्थानिय समाजिक सघ संस्था,सरोकारवला निकायका पदाअधिकारी,युवा महिला संजालका किशोरीहरु र कर्मचारीहरु बिच सामाजिक रुपान्तरण,पुस्ता हस्तान्तरण अनुभव आदान प्रदान र युवा महिला नेतृत्वको बिषयमा छलफल अन्तरक्रिया गर्ने भएको छ । यस्तै संस्थाको आफनै भवन त्रियुगा नगरपालिका वडा नम्वर ९ नवउदयटोलमा साँझमा संस्थाले दिप प्रज्वलन गरि मनाउने निर्णय गरेको छ ।

                                       स्थापना दिवसको अवसरमा प्रेस वक्तव्य

महिला सशक्तिकरण श्रोत केन्द्र,(WERC) एउटा सामाजिक गैर नाफा मूलक संस्था हो । यस संस्थाले समुदाय तह देखी महिलाको अनुभवमा केन्द्रित सूचना प्रवाह गर्दै सामाजिक रुपान्तरणका लागि काम गरिरहेको छ ।

स्थानीय स्तरमा रहेका मुद्धाहरुको पहिचान तथा उठान गर्दै सिमान्तकृत, पछाडि पारिएका महिला तथा युवा महिलाहरुको सशक्तिकरण तथा हानिकारक परम्परागत मुल्य मान्यता र अभ्यासहरुको अन्त्यको लागि काम गर्ने लक्ष्यका साथ डा.रेणु अधिकारीको नेतृत्वमा २०६४/९/२३ गते दर्ता भई सञ्चालनमा रहेको संस्था आज १७ औँ बर्षमा प्रवेश गरेको छ ।

महिलाका ज्ञान, सीप र अनुभवहरु महिला कै अगुवाईमा समुदायमा पुर्याउने यसका लागि युवा पुस्ताको क्षमता अभिबृद्धि गर्दै अन्तरपुस्ता नेतृत्व विकास समेत गर्ने उद्देश्यका साथ समुदाय देखि नै महिलाको सूचनामा पहुँच बृद्धि गर्न यस संस्थाले युवाहरुको नेतृत्व एवं व्यव्स्थापनमा सामुदायिक रेडियो (रेडियो उदयपुर १०२.४) को स्थापना गरि सञ्चालन समेत गरिरहेको छ ।

सामुदायीक रेडियोले समुदायका युवा महिलाहरुले नेतृत्व, व्यव्स्थापन तथा संचालन गरेको महिलाबादी रेडियोको रुपमा पहिचान स्थापीत गरेको छ । संस्थाले जिल्लाको ८ स्थानीय तहमा ऐरावत युवा महिला संजाल गठन तथा परिचालन गरि युवा महिलाहरुको अगुवाईमा समुदायमा सचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ ।

समुदायमा क्रियाशिल युवा महिलाहरुलाई क्षमता अभिबृद्धिका लागि अन्तरपुस्ता समन्वय र सिपको आदान प्रदान हुने वातावरणका साथै नेतृत्व गर्ने अवसर प्राप्त भएमा उनिहरुले सशक्त रुपमा हरेक क्षेत्रमा नेतृत्वदायि भूमिका निर्वाह गर्न र समाजमा स्थापित विभेदकारी मूल्यमान्यता र असमान शक्ति सम्बन्धलाई चुनौती दिन सक्ने उदाहरण बनेका छन्।

(WERC) को १७ औ बर्षसम्मको यो यात्रामा हामीले थुप्रै सारथी भेट्यौ, समुदायको माया बिश्वास ले सधै हामीलाई अगाडी बढने प्रेरणा मिल्यो, अग्रजहरुको साथ र मेन्टरशीपले हामीलाई संधै आत्माविश्वास र शाहस जुटायो ।

स्थानीय सरकार, सरोकारवाला निकाय, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्थासँगको सहकार्यले हाम्रो सवालहरुलाई थप सशक्त र बलियो बनाएको छ । यसको लागि हामी (WERC) परिवार यहाँहरु सबैलाई हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दछौ साथै सामाजिक रुपान्तरणका लागि निरन्तर समानताका आवाजहरु उठाइरहने प्रतिबद्धता समेत ब्यक्त गर्दछौ

ज्योति दनुवार
अध्यक्षः महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुर ।

press release 17th WERC Day (1)