पाँचौ खडक मेयर गोल्डकप सप्तरीको फाइनलमा मलिथम एफसी उदयपुर प्रबेश

0
208

उदयपुर । पाँचौ खडक मेयर गोल्डकप सप्तरीको फाइनलमा मलिथम एफसी उदयपुर प्रबेश गरेको छ । शनिवार भएको सेमिफाइनल खेलमा डिहिवार बावा युवा क्लवलाई ट्राइबेकरमा हराउदै मलिथम एफसी उदयपुर फाइनलमा प्रबेश गरेका हो ।

खेल अवधीभर दुवै तर्फ १÷१ गोलको बरावरीमा समय समाप्त भएपछी खेल ट्राइबेकरमा परिणत भएको थियो । खेलको पहिलो हाफ अगाडी डिहिवार बावा युवा क्लवका जर्सी नम्वर १२ आसन्न राईले १ गोल गरेका थिए ।

हाफ पछीको खेलमा मलिथम एफसी उदयपुरको तर्फवाट जर्सी नम्वर १५ का आशिस थारुले १ गोल गरे पछी खेललाई बरावरीमा लियाएका थिए ।

भोली आइतवार दोस्रो सेमिफाइनल स्र्पोट एकेडेमी फुटवल क्लव बिराटनगर र लाहान सिरहा बिच खेल हुने आयोजकले जनाएको छ ।

श्री ब्वाईज युनियन फुटवल क्लव खडक नगरपालिक ३ सप्तरीको आयोजनामा संचालित पाँचौ खडक मेयर गोल्ड कपको फाइनल खेल पुष १८ गते बुधवार हुने जनाएको छ । मेयर गोल्डकपमा १० वटा टिम सहभागि रहेको थियो । मावि बनरझुला खेल मैदानमा गोल्ड कप संचालन भइरहेको छ ।