प्रदेश स्तरीय महिलावादी महिला मञ्च बिराटनगरमा सुरु

0
132

बिराटनगर ।कोशी प्रदेश स्तरीय महिलावादी मञ्च आज देखी सुरु भएको छ । “न्याय सामानता र पर्याबरणीय अधिकारको सुनिश्चितताः सामाजिक रुपान्तरण सहितको दिगो बिकासमा निश्चितता”नारा संगै प्रदेश स्तरीय महिलावादी महिला मञ्च बिराटनगरमा सुरु भएको छ ।

महिलावादी महिला मञ्चका परिकल्पनाकार डा.रेनु अधिकारीले यस्तो फोरमले महिलावादी आन्दोलन निमार्ण गर्ने बताउनुभयो । महिलाको अवस्थामा परिवर्तन आएको भएपनी सारमा परिवर्तन नभएको र महिलाको श्रम र शरिरमाथीको नियन्त्रणको कारण महिलाहरु हिंसामा पर्ने गरेको बताउनुभयो ।

कार्यक्रमको प्रमुख अतिथी कोशी प्रदेशका मुख्यमन्त्रि केदार कार्कीले कार्यक्रमलाई सम्बोधन गर्दै अग्रगामी समाज बनाउन महिलाको भुमिका सशक्त तथा महत्वपुर्ण हुने बताउनुभयो । उहाँले महिलाको हक अधिकारकाको लागी प्रस्ताव लिएर मुख्य मन्त्रिको कार्यलयमा आउन समेत अनुरोध गर्नुभयो ।

मुख्य मन्त्रि कार्कीले बिराटनगरमा स्थापना हुने हृदयरोगको उपचार केन्द्र सैलजा आचार्यको नाममा स्थापना हुने र त्यसको प्रारम्भ बजेटको कार्यन्वयन संगै हुने बताउनुभयो । मञ्चको उद्धघाटन कार्यक्रममा कोशी प्रदेशका सांसदहरुको उपस्थिती रहेको थियो ।

मञ्चमा आज पहिलो दिन बिभिन्न ६ वटा बिषयमा प्यानल छलफल तथा समानन्तर छलफल भएको छ । शरिर मेरो नियन्त्रण कसैको ,लैंगिक हिंसा र यौन हिंसाःमानव अधिकार हननको सवाल,हानिकारक परम्परागत अभ्यासःसामाजिक न्यायको बाधक,लैंगिक हिंसा निवारण कार्यको कार्यन्वयनको अवस्था,महिलाको उत्पादन माथिको नियन्त्रण र श्रमकको अन्तर सम्बन्ध ,घरेलु श्रम,बैदशिक रोजगारीवाट फर्किएको श्रमिकहरुको अवस्था,यौन श्रम र असंगठित क्षेत्रमा कार्यरत श्रमिकको सवालहरुको छलफलले महिला माथि हुने हिंसाको जरो कारणको रुपमा महिलाको श्रमको मान्यता नहुने महिलको शरिर माथिको नियन्त्रण र असमान शक्ति सम्वन्ध रहेको निष्कर्ष निकालेको छ ।

भोली सम्म सन्चालन हुने मञ्चमा कोशी प्रदेशका १४ वटै जिल्लाका १३६ वटा पालिकाका नबनिर्बाचित महिला संघसस्थाको प्रमुख तथा प्रतिनिधीहरु,स्थानिय सरकारका पदाधीकारीहरु,संचारकर्मी तथा मानब अधिकारकर्मीहरु गरी ३५० जना भन्दा बढीको सहभागीता रहेको छ ।