कटारीमा एकिकृत महिला स्वास्थ्य मेला सम्पन्न

0
87

उदयपुर । उदयपुरको एकिकृत महिला स्वास्थ्य मेला सम्पन्न भएको छ । ओरेक उदयपुर र कटारी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा स्वास्थ्य मेला सम्पन्न भएको हो ।

शुक्रवार कटारी नगरपालिका ११ गहुबारीमा एकिकृत स्वास्थ्य मेलाको आयोजना गरिएको थियो ।
कटारी नगरपालिका उप प्रमुख गिता खड्काले स्वास्थ्य मेलामा कटारी नगरपालिकाको ग्रामिण पाहाडी भेगको महिलाहरुलाई स्वास्थ्य सेवामा पहुच पु¥याउने उद्धेश्यले स्वास्थ्य मेलाको आयोजना गरिएको बताउनुभयो ।

ओरेक उदयपुरका संयोजक बाला बार्कीले एकिकृत स्वास्थ्य मेलामा लैंगिक हिंसा र महिला माथी हुने हिंसाले महिलाको स्वास्थ्यमा पार्ने असरको रोकथामको उपाय बारे समुदायलाई सचेतनामुलक पोस्टर प्रर्दशन,बितरण र अभिमुखिकरण गरेको बताउनुभयो । यस्तै प्रजनन् स्वास्थ्य समस्याका कारण,रोकथामका उपायको को बिषयमा समुदायको किशोर किशोरी र महिला पुरुषलाई जानकारी गराइएको थियो ।

यस्तै स्वास्थ्य मनोपारमर्श,कानुनी परामर्श,समस्यामा परेका महिलाहरुलाई दक्ष स्त्री रोग बिशेषज्ञ डा.द्धरा निशुल्क चेकजाच र उपाचारको व्यवस्था गरिएको बताउनुभयो । साथै मेलामा स्थानिय जडिबुटीको बारेमा पनी जानकारी गराइएको थियो ।

परिवार नियोजन संघका सिनियर मेडिकल अफिसर डा . रितु चौधरीले चेकजाच गरेको स्वास्थ्य मेलामा किशोरी र महिला गरी ५५ जनाले सेवा लिएका थिए । कटारी नगरपालिकाको समन्वयमा स्वास्थ्य मेला संचालन भएको थियो ।