अन्तराष्ट्रिय किशोरी दिवसको अवसरमा बालविवाह न्युनिकरण सम्बन्धि अन्तरक्रिया 

0
115

उदयपुर । अन्तराष्ट्रिय बालिका दिवसको अवसरमा वालिका र किशोरीहरु संग छलफल तथा अन्तरक्रिया गरिएको छ । बुधवार महिला सशक्तिकरण स्रोत केन्द÷सामुदायिक रेडियो उदयपुरले ग्रामिण समुदायमा रहेको किशोरीहरु संग वालविवाह न्युनिकरणको सवालमा छलफल गरेको हो ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर ८ को झोडा टोलका बालिका,किशोरी र अभिभावक संग बाल विवाह न्युनिकरण, युवा महिला नेतृत्व र किशोरी शिक्षाको विषयमा छलफल गरिएको संस्थाका कार्यक्रम अधिकृत सुजता सुवेदीले बताउनुभयो ।

छलफलमा सहभागी किशोरीहरुले परिवारमा आर्थिक अवस्था कमजोरका कारण बिचमै पढाई छोड्नु परेको बताएका थिए । उनीहरुले पढाई बिचमै छोड्नु पर्दा उमेरनै नपुगी विवाह गर्नुपर्ने बाध्यताहरु रहेको जनाएका थिए । आफुहरु सानै उमेरमा विवाह होइन उच्च शिक्षा र सिपमुलक तालिमहरु लिई आत्मनिर्भर हुने इच्छा रहेको बताएका थिए ।

हरेक वर्ष अक्टोबर ११ तारीखमा यो दिवस मनाउने गरिन्छ । सन् २०११ को अक्टोबर ११ मा राष्ट्रसंघको साधारण सभाले अनुमोदन गरेपछि हरेक वर्ष आजको दिन दिवस मनाउन सुरु गरिएको हो ।

अधिकारबाट बन्चित रहेको र अनेकौ चुनौतीको सामना गरिरहेका किशोरीको अधिकार संरक्षणका लागि राष्ट्रसंघले सन् २०३० सम्ममा उलेख्य सुधारका आवधिक कार्यक्रम पनि सन्चालन गरिरहेको छ ।

नेपालमा विद्यालय उमेर पुगेका धेरै किशोरीहरु अधिकारविहिन रहेको वर्तमान अवस्थामा अझै पनि जनचेतनाको उत्तिकै आवश्यकता देखिएको छ ।