थारु युवा सभा उदयपुरको नेतृत्वमा पुनःडोलाराम चौधरी सर्वसहमत चयन 

0
151

उदयपुर । थारु युवा सभा उदयपुरको नेतृत्वमा पुनःडोलाराम चौधरी सर्वसहमत चयन भएको छ ।
विहिवार भएको सभाको प्रथम जिल्ला अधिवेशनले चौधरीलाई सर्वसहमत चयन गरेको हो । यस्तै उपाअध्क्षमा त्रियुगा नगरपालिका वाट नागेन्द्र प्रसाद चौधरी,बेलका नगरपालिका वाट मुकेश चौधरी चयन भएका छन् ।

यस्तै उपाअध्यक्षमा चौदन्डिगढी वाट थप एक जना मनोनित गरिने जनाएको छ । यस्तै सचिवमा त्रियुगा वाट किरण चौधरी चयन भएका छन् । कोषाअध्यक्षमा बेलका वाट रन्जिता चौधरी चयन भएका छन् ।

यस्तै सदस्यहरुमा नारायण प्रसाद चौधरी,सविता  चौधरी,मिना कुमारी चौधरी र राम कुमार चौधरी चयन भएका छन् । एक उपाअध्यक्ष,सहसचिव र दुई जना सदस्य भुगोल र पालिका हेरेर मनोनित गरिने सभाका अध्यक्ष डोलाराम चौधरीले बताए ।

थारु कल्याणकारणी सभाका केन्द्रिय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथी जयराम पंजियारले अधिवेशनको उद्धघाटन गरेका थिए । थाकस त्रियुगा नगर समितीको सभाह बगहा सालघारीमा “शिक्षित सभ्य सुसंस्कृत समाज,गतिशिल थारु युवाके अभियान” नारा संगै अधिवेशन सम्पन्न भएको थियो ।