हरितालिका तीजको आज दर खाने दिन,उदयपुरमा विशेष कार्यक्रम गरी मनाइयो

0
288

उदयपुर । आज तिजको अवसरमा ओरेक नेपाल र महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरले संयुक्त रुपमा स्थानिय समुदायका महिलाहरु संग विशेष कार्यक्रमको अयोजना गरी मनाइएको छ ।

 

कोशि प्रदेशका उप सभामुख माननिय सृजना दनुवारको प्रमुख आतिथ्यतामा समुदायका महिलाहरु संग तिज विशेष कार्यक्रम मनाएको हो । प्रमुख अतिथी उप सभामुख माननिय दनुवारले तिज पर्वले नेपाली महिलाहरुको नेतृत्व विकासमा विशेष महत्व रहेको बताउनुभयो । उहाँले यस पर्वले एक आपसमा सद्भाव ,सुसंस्कार कायम गर्न मद्धत पुगेको बताउनुभयो ।
यस्तै उहाँले आफु सधै महिलाको हक अधिकार,न्यायको लागी संगै रहेको बताउनुभयो । कार्यक्रममा त्रियुगा नगरपालिकाका उप प्रमुख महेश्वरी राई,बेलका नगरपालिकाका उप प्रमुख जिरा राईले शुभकामना राख्नुभएको थियो  ।

यस्तै हरितालिका तीजको अघिल्लो दिन आज दर खाइँदै छ । तीजको दिन भोलि महिलाहरु व्रत बस्ने भएकाले आज वर्तालुहरुले दर खाने चलन छ ।

आज माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने गर्छन् । भाद्र शुक्ल द्वितीया अर्थात हरितालिका तीजको दिन निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि अघिल्लो साँझ नेपाली हिन्दु महिलाहरुले दर खाने परम्परा छ ।
दरमा खिर, ढकने वा सेलरोटी, केरा आदि अथवा ठाउँअनुसार विभिन्न मिठामिठा परिकार खाने गरिन्छ ।

दरमा पौष्टिक तत्व भएका खानेकुरा खाने चलन छ । तर विज्ञले भने आफ्नो स्वास्थ्यको ख्याल गरेर दर खान सुझाव दिएका छन् । राति १२ बजेपछि भाद्र शुक्ल चौँथीका दिन बिहान गणेशको पूरा गरी साँझ सूर्यलाई अर्घ्य दिएरमात्र खाने परम्परा छ ।