उदयपुर । रिद्धि सिद्धि सिमेन्ट लि.द्वारा“मकवानपूर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०” छात्रबृति कार्यक्रम संचालन गर्ने भएको छ ।
रिद्धि सिद्धि सिमेन्ट लि.ले यस वर्ष देखि आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपूर जिल्लालाई लक्षितगरि “मकवानपूर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०” को छात्रवृत्ति कार्यक्रम ल्याएको छ।
यस छात्रवृत्ति अन्तर्गत २०७९ मा परिक्षा दिएको र २०८० सालमा नतिजा प्राप्त भई एस.ई.ई. मा उत्तिर्ण हुनुभएका सम्पूर्ण मकवानपूर जिल्लाको विद्यार्थीहरुलाई लक्षित गरिे उक्त एस.ई.ई परीक्षामा ३.६ जि.पि.ए. देखि ४ जि.पि.ए. ल्याएको खण्डमा यस छात्रवृत्ति कार्यक्रममा योग्य मानिने जनाएको छ ।
छात्रवृत्ति अन्तर्गत पहिलो हुने विद्यार्थीलाई मासिक रुपमा रु. ५ हजार , दोश्रो हुनेलाई रु. ३ हजार ५ सय तेश्रो हुनेलाई रु. २ हजार ५ सय साथै सान्त्वना स्वरुप थप ८ विद्यार्थीलाई मासिक रुपमा रु.१ हजार ५ सय÷– कम्पनीले एक वर्ष सम्म उपलब्ध गराउने जनाएको छ ।
यस योजनामा आबद्ध हुन विद्यार्थीले कम्पनीको आधिकारिक वेवसाईट (www.riddhisiddhicements.com) वा फेसबुक पेज(https://www.facebook.com/RiddhiSiddhicements) भई उल्लेखित QR code मा scan गरी फारम भर्नुहोस् । इक्षुक विद्यार्थीहरुले २०८० श्रावण २१ गते सम्म आवेदन गर्न सकिने जनाएको छ ।