Thursday, July 16, 2026
Homeप्रमुख समाचारएकल महिला आयआर्जनको लागी ५ दिने उधमशिलता व्यवसायिक तालिम सम्पन्न

एकल महिला आयआर्जनको लागी ५ दिने उधमशिलता व्यवसायिक तालिम सम्पन्न

उदयपुर । एकल महिला आय आर्जनको लागि ५ दिने उधमशिलता व्यावसायिक तालिम सोमवार सम्पन्न भएको छ ।
कोशी प्रदेश सामजिक बिकास मन्त्रालय र त्रियुगा नगरपालिकाको सहयोगमा मानव अधिकारको लागि एकल महिला जिल्ला सन्जालको समन्वय तथा गाईघाट एकल महिला समूहको आयोजनामा तालिम सम्पन्न भएको हो ।

तालिममा ब्ययसायको महत्व, ब्यबसायको संम्भावनाहरु, ब्यवसायीमा हुनुपर्ने गुणहरु व्यवसायको योजना, लागनी,व्यवसायीको बजार लगाएतको बिषयमा प्रशिक्षण गरिएको थियो ।

सहभागीहरुले अहिले पनि समाजले एकल महिला लाई हेर्ने दृष्टिकोण फरक रहेको जसले गर्दा एकल महिलाको जीवन असहज भएको र अरुले जस्तै जीवन जिउने बाताबरण निर्माण को लागि सबैले सोचिदिन आग्रह गरेका छन ।

एकल महिलामथी हुने सबैखालको विभेद् , हिंसा कम गर्न पनि एकल महिलाहरु आर्थिक रुपमा सबल हुनुपर्ने तेस्को लागि उधमी बन्नुपर्ने भएकोले तालिमको आयोजना गरिएको एकल महिला जिल्ला सन्जाल उदयपुरको अध्यक्ष शोभा दाहालले बताउनु भयो ।एकल महिलाहरुको नेतृत्वमा छिट्टै नै गाईघाट बजारमा सुपथ मूल्य खाधान्न पसल सन्चालनमा आउने पनि जानकारी दिनुभयो ।

कार्यक्रमको प्रमुख अतिथी कोशी प्रदेश सभाका उप सभामुख माननीय सृजना दनुवारले एकल महिलाहरु सशक्त छन् । दुखी भएर बसियो भने हामी केही गर्न सक्दैनौ,आत्मनिर्भर बन्ने उर्जा आफै भित्र बनाउनुपर्ने बताउनु भयो । यस्ता खाले भेट्घाट तालिमहरुले हामिमा थप उर्जा मिल्ने र घर बाहिरको संसार बुझन मद्धत गर्ने साथै नेतृत्व बिकासमा सहयोग पुग्ने बताउनुभयो । आफू नीति निर्माण तहमा रहेकोले एकल महिलाको सवाललाई सम्बोदन गर्न सहजिकरण् गर्ने वताउनुभयो ।

उहाँले संघीय सरकार स्थानिय सरकार संग यो विषयमा योजना तथा बजेट निर्माण गर्न सधै पहलकदमी गर्ने प्रतिबद्धता जनाउनुभयो । यस्तै उहाँले विश्वासको मत नपाएपछी कोशी प्रदेश सरकार अहिले काम चलाउ मात्र रहेकोले आगमी २१ गते भित्र कोशी प्रदेशले नँया सरकार पाउने समेत जानकारी गराउनु भयो ।

कोशी प्रदेश सभा सदस्य माननीय गिता रेग्मीले बिस्तारै सामजिक सोचमा परिबर्तन भइरहेको बताउनुभयो ।उहाँले एकल महिलाको सवालमा सधै आवज उठाउने प्रतिबद्धता जनाउदै व्यवसायी बन्न समेत सुभकामना व्यक्त गर्नु भयो ।

समापन कार्यक्रममा बोल्नुहुदै त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राईले सबै भन्दा पहिले आफ्नो लागि आफै बाच्ने मनस्थिति तयार गर्नु पर्छ दृढ बिश्वास लिनुपर्छ अनि हामी अघि बढ्न सकिने कुरा बताउनु भयो ।
एकल महिलाको सवालमा आएका कानुनी जटिलताहरु लाई सम्बोधन गर्न निरन्तर आवाज उठाउने र सधै संगै रहने समेत बताउनुभयो ।

२५ जना एकल महिलाको सहभागिता रहेको तालिम त्रियुगा नगरपालिका वडा नम्वर ९मा रहेको ओरेक आधारको सहभाहलमा तालिम सम्पन्न भएको थियो ।

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular