रुपान्तरणका लागि रुपान्तरित नेतृत्व बिषयक दुई दिने अन्तरक्रियात्मक तालिम सम्पन्न 

0
135

उदयपुर । उदयपुरमा रुपान्तरणका लागि रुपान्तरित नेतृत्व बिषयक दुई दिने अन्तरक्रियात्मक तालिम सम्पन्न भएको छ ।तरङगिणी फाउण्डेसनको आयोजनामा आइतवार तालिम सम्पन्न भएको हो ।

महिला मानव अधिकार रक्षकहरु विजयी भएका जिल्लाहरुमा रुपान्तरित नेतृत्वको पहिचान बनाउँदै रुपान्तरणमूखी काम गर्नका लागि नगरपालिका एवमं महिला मानव अधिकार रक्षक सञ्जालसँग सहकार्य गर्ने उद्देश्यले अन्तरक्रियात्मक तलिमको अयोजना गरिएको फाउण्डेसनका निर्देशक डा.रेणु अधिकारीले बताउनुभयो ।
उहाँले कार्यक्रमको लागि पहिलो चरणमा माघ १४ र १५ गते पाँचवटा नगरपालिकाका उपप्रमुख, कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत, योजना शाखा प्रमुख तथा महिला मानव अधिकार रक्षक सञ्जालका पदाअधिकारीहरुलाई तालिम दिएको बताउनुभयो ।

तालिममा त्रियुगा,चौदन्डिगढी, बेलका,दुहबी र लेटाङ नगरपालिका का उपप्रमुख , योजना शाखाका प्रमुख र पालिकाका महिला मानव अधिकार रक्षक हरुको सहभागिता रहेको थियो ।

ओरेक नेपाल उदयपुरको महिलावादी श्रोत केन्द्रको सभा हलमा संचालन भएको तालिमको सहजीकरण फाउण्डेसनका निर्देशक तथा मानब अधिकारकर्मी डा. रेणु अधिकारी र डा .बिन्दा पान्डेले गर्नु भएको थियो

वि.सं २०७३ सालमा स्थापना भएको तरङगिणी महिला अधिकार प्रशिक्षण केन्द्र ( तरङगिणी फाउन्डेसन) ले देशको नयाँ संरचनामा तीनै तहको सरकारसँगको समन्वय र सहकार्यमा काम गर्दै आइरहेको छ ।