एसईई मा उत्कृष्ट हुने श्री अम्वेवर जनता मावीकी ४ छात्रा सम्मानित

0
129

राजावास,उदयपुर । एसईई मा उत्कृष्ट हुने श्री अम्वेवर जनता मावी त्रिनपा ९ राजावासकी ४ छात्रा सम्मानित भएकी छिन् ।२०७८ शालको एसईईमा जिपिए ४ लियाएर जिल्लामै उत्कृष्ट हुन सफल कञ्चन खतिवडालाई विद्यालयले सम्मान गरेको छ । यस्तै ईङकुशा कार्की जिपिए ३.६५ , अञ्जली यादव जिपिए ३.५५ र अनामिका खड्का जिपिए ३.४५ लियाउन सफल भई उत्तकृष्ट भएकी हुन् ।

शुक्रवार उनीहरुलाई विद्यालयले अयोजना गरेको कार्यक्रममा प्रमुख अतिथी तथा मधेश प्रदेशका मुख्य सचिव श्री कृष्ण बहादुर राउतले नगद सहित सम्मान पत्रले सम्मान गर्नुभएको हो । उहाँले अव विद्यालयमा छोरीहरुको संख्या बढदो रहेको र अवसर दिने हो भने छोरीले मेहनत गरी सफल बन्न सक्ने बताउनुभयो । यस्तै उहाँले सामुदायिक विद्यालयवाट छात्राहरु उत्कृष्ट हुनुमा अभिावक,शिक्षक,विदयालय प्रशासनको पनी मेहनत रहेको वताउनुभयो । उहाँले गुणस्तरीय शिक्षाको लागी विद्यालय प्रती आभार प्रकट गर्नुभयो ।

यस्तै कार्यक्रमका विशष्ट अतिथी त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेतले नगरपालिकामा यस विद्यालयलाई उच्च प्राथमिकतामा राख्ने जनाउनुभयो । आफु सधै सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षामा जोड दिने गरेको बताउनु भयो ।

यस्तै त्रियुगा नगरपालिकाका उप प्रमुख महेश्वरी राईले अव सामुदायिक विद्यालयहरुलाई हेर्ने दृष्टिकोण फरक हुने बताउनुभयो । उहाँले सामुदायिक विद्यालयमा पनी गुणस्तरीय पढाई हुने प्रती यस विद्यालयले पुष्टि गरेको बताउनु भयो । नगरपालिकाको आव २०७९÷८० को योजना वजेटमा शिक्षाको निती र कार्यक्रमलाई प्राथमिकता राखेको बताउनु भयो ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष ईश्वर खड्काको अध्यक्ष्तामा सम्पन्न कार्यक्रममा त्रियुगा नगरपालिका वडा नम्वर ९ का वडा अध्यक्ष राजकुमार दनुवार,वडा नम्वर ८ का वडा अध्यक्ष राजकुमार राउत,वडा सदस्यहरु, त्रियुगा नगरपालिकाका शिक्षा तथा खेलकुद शाखाका प्रतिनिधी सिर्जना शर्मा,स्थानिय समाजसेवी,शिक्षा प्रेमी,अभिभावक,विद्यार्थी लगाएतको उपस्थिीती रहेको थियो ।

यस्तै आउदै गरेको नेपालीहरुको महान चाड वडा दशै,तिहार र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम समेत आयोजना गरेको थियो ।