Wednesday, August 12, 2026
Homeप्रमुख समाचारबलात्कृत भएकी युवतीको न्यायका लागि उदयपुरको गाईघाटमा विरोध प्रदर्शन 

बलात्कृत भएकी युवतीको न्यायका लागि उदयपुरको गाईघाटमा विरोध प्रदर्शन 

उदयपुर, जेठ ८ । आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा बलात्कृत भएकी एक युवतीका लागि न्याय माग्दै उदयपुरको गाईघाटमा आज विरोध प्रदर्शन गरेको छ । उदयपुरका युवाहरुको अगुवाई र ओरेक उदयपुर, महिला सशक्तीकरण श्रोत केन्द्र, महिला मानव अधिकार रक्षक सञ्जाल र उदयपुरका महिला अधिकार कर्मीहरुको एक्यबद्धतामा न्यायका लागि दवाब मुलक कार्यक्रम गरिएको हो ।

युवाहरु रञ्जना मगर र सिताराम राउत लगाएको नेतृत्वमा स्वतन्त्र युवाहरुले दबाब मुलक कार्यक्रम गरिएको थियो । कार्यक्रममा युवाहरुले दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

युवाहरुले कार्यक्रममा बलात्कारी होसियार, बलात्कार र अन्य यौनजन्य हिंसा सम्बन्धि कानुनको हदम्यादको व्यवस्था हटाउ, सुन्दरी प्रतियोगिता खारेज गर, पीडितलाई न्याय दे, युवाहरु एक हौऔं, न्यायालय होसियार लगातका नारा लगाई पीडकलाई कडा कार्बाहिको माग सहितको नारा लगाएका थिए ।

आठ वर्षअघि भएको एउटा सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेकी थिइन । सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी उनलाई आयोजकले होटलमा बोलाएर पहिलोपटक बलात्कार गरेको र त्यहाँ खिचेको फोटो र भिडियोले ‘ब्ल्याकमेल’ गर्दै निरन्तर ६ महिनासम्म यौन शोषण गरेको बताएकी थिइन् ।

बुधबार टिकटक र बिहीबार इन्स्टाग्रामबाट भिडियोमार्फत उनले आफूमाथि भएको घटनाको विस्तृत खुलासा गरेकी हुन् । सोहि घट्नाको पिडितलाई न्याय पिडकलाई कार्वाहिको माग गर्दै उदयपुरमा दवाबमुलक कार्यक्रम गरिएको हो ।

 

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular