Thursday, August 13, 2026
Homeप्रमुख समाचारअनेरास्ववियु(क्रान्तिकारी)को १३ औं जिल्ला सम्मेलनका निर्णयहरु सार्वजनिक 

अनेरास्ववियु(क्रान्तिकारी)को १३ औं जिल्ला सम्मेलनका निर्णयहरु सार्वजनिक 

उदयपुर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) उदयपुरले आफनो १३ औ जिल्ला सम्मेलनमा गरेको निर्णयहरु सार्वजनिक गरेको छ ।

आइतवार गाईघाटको होटल ड्रिम ल्यान्डमा पत्रकार सम्मेलनको अयोजना गरी आफना निर्णयहरु सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा वुदागत रुपमा निणर्यहरु सार्वजनिक गरेको थियो ।

संगठन विस्तार तथा सुदृढ अभियानलाई योजनावद्ध संचालन गर्ने,संगठनमा सवै जात क्षेत्र र लिंगको मनोविज्ञानका केन्द्रित गरी समानुपातिक तथा समावेशी सहभागिता सुनिश्चत गर्ने,संगठनमा रिर्पोटिङ,निर्देशन निरिक्षण् तथा मुल्यांकन प्रणालीलाई व्यवस्थित गर्ने क्रान्तिकारी धुव्रिकरणलाई तिव्र पहल गर्ने, साथै वर्तमान दलाल,पुजिवादी शिक्षामा रेहेका बिकृती ,विसङगतीहरुको निजिकरण व्यपारिकरण,दलालीकरण,माफियाकरण,भ्रष्टिकरण लगाएतको गलत क्रियाकलापको मुद्धामा केन्द्रित रहेर संघर्ष गर्ने अखिल (क्रान्तीकारी)जिल्ला समिती उदयपुरका अध्यक्ष निशान कटुवालले बताए ।

यस्तै,विद्यार्थीहरुको हित अधिकार भित्र पर्ने छात्रवृती,यातायात,मनोरन्जन ,स्वस्थ्य उपचार लगाएत विषयमा विशेष सहुलियतका लागी संघर्ष गर्ने,किशोरीहरुको अन्तिरक समस्याको उचित व्यवस्थापनको लागी विद्यालयहरुमा पहल गर्ने ,शहिद वेपत्ता विपन्न र सिमान्तकृत समुदायका विदेयार्थीहरुको लागी छात्रवृतीका लागी विशेष पहल गर्ने र शहिदहरुको स्मृतिमा दिवस मनाउने लगाएतको निर्णयहरु सार्वजनिक गरेको छ ।

२०७८ चैत २४ र२५ गतेको जिल्ला सम्मेलनले निशान कटुवालको अध्यक्ष्तामा नयाँ कार्यसमिती चयन गरेको छ । जसमा उपाध्यक्ष मनिसि वराईली,सचिव सिद्धार्थ अधिकारी,सह सचिव पवन कार्की,कोषाध्यक्ष बाला राई सदस्यहरु रितेस खत्री,कुवेर साप्कोटा ,यसोधा विक,अशोक राई,दुर्यधन मगर,रमेश विष्ट,मनिसा दंगाल,रुपेश कार्की,संजिव राउत,विकल राई,प्रदिप कटुवाल,मेनुका पाण्डे लगाएत १३ जिल्ला कायै समिती चयन गरेको छ ।

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular