ओरेक नेपालको अध्यक्षमा डा.रेनु अधिकारी चयन 

0
231

उदयपुर । महिला पुनस्र्थापना केन्द्र (ओरेक)नेपालको अध्यक्षमा डा.रेनु अधिकारी सर्वसहमत चयन हुनुभएको छ । आइतवार सम्पन्न संस्थाको ३१ औ साधारण सभा तथा १५ औं अधिवेशनले डा.अधिकारीको नेतृत्वमा ९ जना नयाँ कार्यसमिती चयन गरेको छ । जसमा उपाअध्यक्षमा निर्मला पाण्डे,सचिवमा सविता पोखरेल,कोषाध्यक्षमा इन्द्रामती नेम्वाङ,सदस्य क्रमशःरीता कुमारी शाह,सुर्य कुमारी शाह,पदमा चौधरी,संगिता अधिकारी र डा.रोजी जोशी सर्वसहमत चयन भएको अधिवेशन निर्वाचन समितीका संयोजक अधिवक्ता दलबहादुर धामीले बताउनुभयो ।

यस्तै महिला सशक्तिकरणका लागि महिला आन्दोलनका सवालहरु र अबको बाटो’ बिषयक राष्ट्रिय कार्यशाला समारोह समेत सफलता पूवर्क सम्पन्न भएको छ ।समारोहको पहिलो दिनको उद्घाटन कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष रामवती चौधरी थारुले गर्नुभएको थियो ।

यस्तै कार्यक्रमका प्रमुख अतिथि संघिय राष्ट्रिय सभा सदस्य तथा ओरेकका आजिवन सदस्य माननिय डा. विमला राई पौड्याले महिला आन्दोलन र राजनीतिक नेतृत्व,नेपालमा भएका कानुनि प्रावधान र राजनैतिक दलमा भएका मुख्य चुनौती विषयमा प्रस्तुती गर्दै सशक्त महिलाले महिलालाई मात्र नभइ समाज, राजनीतिक दल र सरकारमा पनि धेरै महत्व राख्ने बताउनुभयो ।

 

उहाँले  महिलाको सहभागितामा तुलनात्मक रुपमा केही उपलब्धी भएता पनि प्रयाप्त लगानी (समय, पैसा, श्रोत तथा प्रोत्साहन) अहिलेसम्म हुन नसकेको तथ्यलाई उजागर गर्दै महिलाको सूचना र नेतृत्वमा पहुँचको सुनिश्चितता नुहुने हो भने हामीले सोचेको महिलाको अर्थपूर्ण सहभागिता हासिल गर्न नसकिने कुरामा जोड दिनुभयो।

यस्तै कार्यक्रममा बोल्नुहुदै ओरेक नेपालका संस्थापक तथा नव निर्वाचित अध्यक्ष डा. रेणु अधिकारीले नेपालमा महिला सशत्तिकरण र महिला आन्दोलनका मुद्दा, अवस्था तथा सवालहरुको पहिचान, उठान र आगामी कार्यदिशा विषयमा प्रस्तुती गर्दै चेतना वृद्धी, आयमुलक कार्यक्रममा सहभागिता, राजनीतिक सहभागीतामा वृद्धी, सुधारिएको स्वास्थ्य सेवा जस्ता देखिने परिवर्तन मात्र नभई सबै नागरिकको श्रम, शरिर र पहिचान नै अबको सबैभन्दा महत्वपूर्ण बाटो रहेको बताउनुभयो ।

यस्तै उहाँले आगामी दिनहरुमा ओरेकलाई अगाडी लिएर जानका निमिक्त सबै निवर्तमान पदाधिकारी ज्यूहरु लगायत सम्पूर्ण सदस्यहरुको सल्लाह, सहकार्य र सहयोगको को आह्वान गर्नुभयो ।
संस्थाका कार्यकारी निर्देशक लुभराज न्यौपानेले आगामी ५ वर्षको ओरेकको रणनीतिक योजना र भावी कार्य लक्ष्यका बारेमा प्रस्तुती दिनुभएको थियो ।