लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समिक्षा कार्यक्रम सम्पन्न

0
196

उदयपुर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समिक्षा तथा सन् २०२२ मा प्रकाशित हुने मानव अधिकार बर्ष पुस्तकको पुर्व समिक्षा कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समिती उदयपुर र अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको आयोजनामा विहिवार कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा जिल्लाभरी समन्वय समिती,स्थानिय तह,सरकारी कार्यलय र विभिन्न सामाजिक संघ संस्थाहरुले लैङ्गिक हिंसा विरुद्धको १६ दिन सम्म गरिएको अभियानको कार्यक्रमहरुको वारेमा प्रस्तुत गरिएको थियो । विभिन्न संघ सस्थाहरुले दिएको रिर्पोटको आधारमा १६ दिन सम्म भएको कार्यक्रमहरु जिल्ला समन्वय समितीका उप प्रमुख गंगा राईले प्रस्तुत गर्नुभएको थियो ।

प्रस्तुतीमा जिल्लाको ८ वटै स्थनिय तहले गरेको कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । यस्तै ओरेक नेपाल र महिला सशिक्तकरण श्रोत केन्द्र उदयपुरले १६ दिने अभियानमा गरेरको गतिविधिहरुको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
लैङ्गिक हिंसा विरुद्धको अभियानहरु शहरमुखी मात्र नभएर ग्रामिण भेगमा गएर गाउँ केन्द्रित रुपमा संचालन हुन जरुरी रहेको सहभागीहरुले जनाएका छन् ।

यस्तै कार्यक्रममा सन् २०२२ मा प्रकाशित हुने मानव अधिकार बर्ष पुस्तकको पुर्व समिक्षा पनी गरिएको छ । मानव अधिकार तथा समाजिक न्यायका लागी कार्यरत इन्सेकले प्रकाशन गर्ने मानव अधिकार बर्ष पुस्तकमा राखिने सन् २०२१ को जनवरी १ देखी नोभेम्वर सम्म उदयपुर जिल्लामा भएका मानव अधिकार उल्लंघनका अभिलेखित घटनाहरुका आधारमा तयार परिएको प्रतिवेदन इन्सेक जिल्ला प्रतिनिधी सुजता ढुंगनाले प्रस्तुत गर्नुभएको थियो ।

प्रतिवेदनमा प्रस्तुत भएअनुसार उदयपुरमा बलात्कार,बलात्कार प्रयास,घरेलु हिंसा,बहुविवाह,हत्या,हत्या प्रयास जस्ता घटनाहरु निरन्तर भएको देखिन्छ । अघिल्लो वर्ष १०६ वटा मानव उल्लंघनका घटनाहरु घटेकोमा यस वर्ष ६९ घटना मात्रै अभिलेअ भएको इन्सेक प्रतिनिधी ढुंगनाले बताउनुभयो । उहाँ अनुसार बालिका बलात्कार २४ वटा,महिला बलात्कार तथा प्रयास १६ घरेलु हिंसा १४,हत्या ६,कुटपिट १,बहुविवाह ३,वालविवाह ३,महिला र वालिका यौन दुव्र्यवहार २ वटा भएको तथ्यांक २०२१ नेभेम्वर सम्म अभिलेख भएको बताउनुभयो ।

जिल्ला समन्वय समिती उदयपुरका प्रमुख खड्ग परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समन्वय उप प्रमुख गंगा राई,रौतामाई गाउँपालिकाका उपाअध्यक्ष कुमारी ज्यु ठकुरी,जिल्ला प्रशासन कार्यलय उदयपुरका साहयक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेल ,त्रियुगा नगरपालिका १३ का वडा अध्यक्ष पशुपती चौधरी,प्रहरी नायव निरिक्षक उमा गुरुङ नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्का,नेस्पेक उदयपुरका अध्यक्ष अर्जुन पोखरेल लगाएतले सन् २०२२ मा प्रकाशित हुने मानव अधिकार बर्ष पुस्तक प्रकाशनको लागी सुझाव सहित शुभकामना व्यक्त गरेका थिए ।

जिल्ला समन्वय समिती उदयपुरको सभाहलमा सम्पन्न कार्यक्रममा स्थानिय तहका पदाअधिकारी,सामाजिक संघ संस्थाका प्रतिनिधीहरु,सुरक्षा निकाय,पत्रकार,संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।