बिजुलीको तार र चिम खरिद गर्न वडासँग पैसा भएन

0
357

राजावास । त्रियुगा नगरपालिका वडा नम्बर ९ ले जडान गरेको सडक बत्ती बिग्रीए पछि पोलमा बल्भ मात्रै झुन्डीएको छ, बल्दैन ।

सडक बत्ती नबल्दा रातको समयमा आवत जावत गर्न समस्या भएको छ । सडक बत्ती नबल्दा रातको समयमा बाटोमा आवत जावत गर्न त्रास थपिएको छ । जसले गर्दा रातको सयमा अपराधीक घटना घट्ने हुन कि भन्ने डर बढेर गएको स्थायिन गोबिन्द खड्काले चिन्ता व्यक्त गर्नु भयो ।

जनप्रनितिधी चुनीएर आएका दुई वर्ष वडालाई उज्यालो वडा बनाउने भन्दै वडा भित्रका सडकमा सडक बत्ती राखिएको थियो । बत्तीहरु बिग्रीएको महिनौँ भए पनि मर्मतका लागि वडा कार्यलयको ध्यान जान सकेको छैन । सडक बत्ति नहुँदा वडाको राजाबास, चौकिबारी, नवउदयटोल, सखुवनी, भगवतीटोल लगाएका १ दर्जन गाउँहरुमा सडक बत्ति बल्न सकेको छैन ।
यता वडा अध्यक्ष धनबहादुर दनुवारले भने वडा कार्यलयसँग बिजुलीको चिम खरिद गर्न आफ्नो वर्डामा पैसा अपुग भएको बताउनु भयो ।