Wednesday, August 26, 2026
Homeप्रमुख समाचारअन्तराष्ट्रिय श्रमिक महिला दिवस उदयपुरमा भव्य रुपमा मनाउने तयारी 

अन्तराष्ट्रिय श्रमिक महिला दिवस उदयपुरमा भव्य रुपमा मनाउने तयारी 

फागुन २०, उदयपुर
१ सय ११औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस उदयपुरमा भव्य रुपमा मनाउने भएको छ । “महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार” भन्ने मुल नाराका साथ देशैभर मनाउन लागेको यो दिवस उदयपुरमा पनि भव्य रुपमा मनाउने तयारी भएको छ । बिहिवार जिल्ला समन्वय समितीको सभाहलमा सम्पुर्ण सरोकारवालाको बैठकमा दिवस भव्य रुपमा मनाउने तयारी भएको जिल्ला समन्वय समितीका उप प्रमुख गंगा राईले बताउनुभयो ।

जिल्ला समन्वय समितीको प्रमुख खड्ग परियारको अध्यक्षतामा बसेको तयारी बैठकले दिवसको अवसरमा उदयपुरमा मानव अधिकारको अवस्था, चुनौती र सम्भावना विषयक अन्तरक्रिया कार्यक्रम, सामाजिक सञ्जालबाट १सय ११औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना आदान प्रदान सहित सन्देशमुलक कविता प्रतियोगिता आयोजना गर्ने प्रमुख परियारले बताउनुभयो । प्रमुख परियारका अनुसार यो प्रतियोगितामा जो केहिले भाग लिन पाउने साथै उत्कृष्ट कवितालाई पुरस्कृत गरिनेछ ।

यसैगरी दिवसको अवसरमा सञ्चारमाध्यमबाट कार्यक्रम उत्पादन, प्रकाशन र प्रसारण गर्ने र अन्तिममा श्रमिक महिलाहरु मध्ये, अटो चालक महिला, रिक्सा चालक महिला, निर्माण क्षेत्रमा आवद्ध महिला र सफल उद्यमी महिलालाई सम्मान गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रममा नारासंग संम्बन्धित अवधारण पत्र समेत प्रस्तुत गरिने जिल्ला समन्वय समितीको प्रमुख खड्ग परियारले बताउनु भयो ।

महिला हिंसाका घट्नालाई न्युनिकरण गर्नका लागि जोड दिने र महिलाहरुलाई राज्यको मुल प्रभाहमा समाहित गर्नका लागि यस्ता दिवसहरुले टेवा पुग्ने र सवैसामु सन्देश प्रभाह गर्ने उदेश्यले मनाउन लागेको यो दिवस फागुन २४ गते ८मार्चका दिन स्थानीय तहसहित जिल्लामा महिलाको क्षेत्रमा काम गर्ने गैरसरकारी संघसंस्थाको संयुक्त सहकार्यमा समन्वय समितीको सभाहलमा कार्यक्रम गर्ने तय भएको छ ।

यसैगरि यो दिवसको अवसरमा गैरसरकारी संघ संस्थाहरुले आ–आफ्नो योजना अनुसारको कार्यक्रम जिल्लाको विभिन्न क्षेत्रमा तयगरि सकेको समेत बैठकमा जानकारी गराएका थिए । जिल्ला समन्वय समितीको सभाहलमा आयोजना भएको समन्वयात्मक बैठक कार्यक्रममा प्रदेश माननीय कला घले, जिल्ला समन्वय समितीका प्रमुख, उपप्रमुख र सदस्यहरु, त्रियुगा नगरपालीकाका सामाजिक विकास शाखाका प्रमुख विश्वजीत राई लगाएत विभिन्न गैरसरकारी संस्थाका प्रमसख प्रतिनिधिहरु र पत्रकारहरुको उपस्थित रहेको थियो ।

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular