Wednesday, July 22, 2026
Homeप्रमुख समाचारओरेक नेपालको स्वास्थ्य किल्निक वाट १ सय २२ बालवालिका खोप सेवा पाए

ओरेक नेपालको स्वास्थ्य किल्निक वाट १ सय २२ बालवालिका खोप सेवा पाए

उदयपुर । ओरेक नेपाल उदयपुरको स्वास्थय संस्था वाट १ सय २२ बालवालिका खोप सेवा पाएका छन् । त्रियुगा नगरपालिका वडा न ९ स्थीत रहेको ओरेक नेपालको समुदायिक स्वास्थ्य संस्थाले लकडाउनकै समयमा बालबालिकालाई खोप सेवा दिएको हो ।

बालबालिकाले स्वास्थ्य सेवा प्राप्त गर्नु नैर्सगिक अधिकार हो र यही अधिकारको सुनिश्चितता को लागि लकडाउनको समयमै भए पनि जिल्ला स्वास्थ्य कार्यालय संगको समन्वयमा ओरेक उदयपुरको सामुदायिक स्वास्थ्य क्लिनिकबाट बालबालिकाको खोप सेवा संचालन गरिएको ओरेक नेपाल उदयपुरका जिल्ला संयोजक सुनिता मैनालीले बताउनुभयो ।

३ दिन सम्म संचालन रहेको खोप सेवामा १ सय २२ बालबालिकाले खोप सेवा पाएका छन् भने आमाहरुलाई पनि सामुहिक रुपमा मनोपरामर्श सेवा प्रदान गरिएको उहाँले बताउनुभयो ।यस्तै परिवार नियोजनको सेवा १४ जनालाइ दिएको छ भने गर्भबति जाच‘ पनी गरिएको छ । जेठ १ गते देखि ३ गते सम्म सेवा संचालन गरिएको थियो ।

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular