उदयपुरको भुल्केमा थप एक सय जना स्थानीयको स्वाप नमुना संकलन

0
399

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा नेपाली सेनाको स्वास्थ्यकर्मी टोलीले आज थप एक सय जना स्थानीयको स्वाप नमुना संकलन गरेको छ । सेनाको स्वास्थ्यकर्मी टोलीले हिजो र आज गरी दुई सय ५२ जनाको स्वाप संकलन गरेको हो ।

१३ जना कोरोना संक्रमित फेला परेपछि भुल्केलाई संघ र प्रदेश सरकारले स्वास्थ्यकर्मीको टोली खटाएर स्थानीयबासीको स्वाव नुमना संकलन गरेको हो ।

सेनाको स्वास्थ्यकर्मी टोलीले हिजो एक सय ५२ जनाको स्वाव नमुना संकलन गरेको थियो भने आज थप एक सय गरी दुई सय ५२ जनाको स्वाव नमुना संकलन गरेर काठमाण्डौँ लगेको सहायक जिल्ला अधिकारी भिम भट्टराईले जनाकारी दिनुभयोक ।

प्रदेशले गत शनिबार ६० जना स्थानीय, ५ सुरक्षाकर्मी र ४ जना स्वास्थ्यकर्मी गरी ६९ जनाको स्वाव नमुना संकलन गरेको थियो ।

मस्जिदमा बसेका १२ भारतीय मुस्लिम समुदायका मानिस र चार नेपाली मुस्लिम समुदायका मानिस गरी १६ जनाको स्वाप परिक्षण गरिएकोमा १३ जनामा संक्रमण पुष्टि भएको थियो । सरकारले यहाँको संवेदनशीलतालाई मध्येनजर गर्दै सेनाको स्वास्थ्यकर्मी टोली परिक्षणमा खटाएको हो ।